• १५ चैत २०८०, बिहिबार

लिभरपुलको उपाधि दौड कायम

blog

एभर्टनमाथि गोल गरेपछि लिभरपुलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख १२ गते । एभर्टनमाथि सहज जित निकाल्दै लिभरपुलले इङ्लिस प्रिमियर लिगको उपाधि दौड कायम राखेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा  लिभरपुलले एभर्टनलाई २–० गोलले हरायो । लिभरपुलको जितमा एन्ड्रिउ रोवर्टसन र डिभोक ओरिगीले गोल गर्नुभयो । 

पाहुना टोलीलाई दबाबमा राखेपनि लिभरपुललाई गोल गर्न दोस्रो हाफसम्म पर्खनुपरेको थियो । ६२औँ मिनेटमा एन्ड्रिउ रोवर्टसनले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाउनुभयो । त्यसपछि ८५औँ मिनेटमा डिभोक ओरिगीले गोल गर्दै लिभरपुललाई सजिलै जिताउनुभयो । 

जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी एक अंकले घटाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३३ खेलबाट ७९ अंक पुगेको छ । शीर्षस्थानमा रहेको सिटीको समान खेलबाट ८० अंक छ । पराजित एभर्टनमाथि रेलिगेसनको दबाब थपिएको छ । २९ अंक बनाएको एभर्टन १८औँ स्थानमा छ  

अन्य खेलमा चेल्सीले वेस्टहाम युनाइटेडलाई र बर्नलीले वल्भ्सलाई समान १–० गोलले पराजित गरेको छ । ब्राइटन र साउथह्याम्पटोनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी