• ४ जेठ २०८१, शुक्रबार

बार्सिलोनालाई रायो भालेकानोको धक्का

blog

बार्सिलोनाको पोस्ट्मा गोल गरेपछि रायो भालेकानोका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख १२ गते । स्पेनि ला लिगाको उपाधि दावेदार बार्सिलोनालाई रायो भालेकानोको धक्का लागेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १–० गोलले पराजित भयो । बार्सिलोनालाई हराउन रायो भालेकानोका अल्भारो गार्सियाले गोल गर्नुभयो । 

गार्सियाले सातौँ मिनेटमा  इसी पालाजोनको पासमा गरेको गोल रायो भालेकानोको जितमा प्रयाप्त बन्यो । बल पोसेसनमा अब्बल रहेपनि बार्सिलोनाले अन्तिमसम्म गोल फर्काउन सकेन । बार्सिलोनाको यस हारले उपाधि दौडमा रहेको रियल म्याड्रिडको यात्रा थप सहज बनेको छ । 

शीर्षस्थानमा रहेको रियलको ७८ अंक छ । बार्सिलोना ६३ अंक सहित दोस्रो स्थानमा छ । रियललाई उपाधि जित्न अब एक खेल बराबरी खेले पुग्नेछ । बार्सिलोनालाई हराएको रायो भालेकानो ४० अंक जोड्दै ११औँ स्थानमा उक्लिएको छ । एजेन्सी