• ११ वैशाख २०८१, मङ्गलबार

नेपाली चलचित्र ‘कान्स महोत्सवमा’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १२ गते । अविनाशविक्रम शाहको छोटो चलचित्र कान्स फिल्म फेस्टिभलमा छानिएको छ । कान्सले सार्वजनिक गरेका चलचित्रमध्ये शाहले निर्देशन गर्नुभएको ‘लोरी’ छनोट भएको हो । योसँगै नेपालबाट प्रतिस्पर्धात्मक विधामा छनोट हुने ‘लोरी’ पहिलो चलचित्र बनेको छ । 

१४० देशका ३५ सय बढी चलचित्रबाट ‘लोरी’ले उत्कृष्ट नौ मा स्थान बनाएको हो । नेपालले अब चीन, साउथ कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना र लिथुनियाका चलचित्रसँग प्रतिस्पर्धा गर्नेछ । मे १७ देखि सुरु हुने फेस्टिभल २८ मा समापन हुँदैछ । यसअघि कान्समा थुप्रै फिल्मकर्मीका चलचित्र अनेक विधामा छानिएको भए पनि अफिसिएली छानिएको पहिलो पटक हो ।

कान्समा गतवर्ष मात्र किरण पोखरेलको ‘विङ्’ नेस्प्रेसो ट्यालेन्ट इन्टरनेसनल कन्टेस्टमा ग्रयान्ड प्राइज जितेको थियो । यसअघि फिडेल देवकोटाको फिल्म ‘काङलिङ’ को पटकथा पनि कान्समा छानिएको थियो । कान्सकै अघिल्ला वर्षहरूमा मीनले बन्न लागेको फिल्म ‘चिसो वर्ष’का लागि ६६ लाख बराबरको फन्ड जितेका थियो ।