• १३ साउन २०८१, आइतबार

अछाममा दुई मेयरका उम्मेद्वार बन्दै

blog

शिवराज ढुङ्गाना 

अछाम, वैशाख १२ गते । स्थानीय तहको निर्वाचन–२०७९ मा अछाममा दुई महिला नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दर्ता गराउने भएका छन् । नेकपा (एमाले) बाट साँफेबगर नगरपालिकाको प्रमुखमा पशुपति कुँवर र नेपाली काँग्रेसबाट पञ्चदेवल विनायक नगरपालिकामा अम्बिका चलाउने उम्मेद्वार बन्ने हुनुभएको छ ।

चलाउने पञ्चदेवल विनायक नगरपालिकामा हाल उपप्रमुख र नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सहमहामन्त्री हुनुहुन्छ । कुँवर नेकपा (एमाले) जिल्ला सदस्यमा क्रियाशील हुनुहुन्छ । दुई पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेद्वारीको नामावली सार्वजनिक गरेसँगै दुई महिला मेयरमा उम्मेद्वारी चर्चा चल्न थालेको छ । 

यस्तै नेकपा (एमाले) अछामले चौरपाटी गाउँपालिकामा दलिततर्फबाट प्रतिनिधित्व हुने गरेर उम्मेद्वारी दर्ता गरिने एमाले अछामका अध्यक्ष चन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । चौरपाटी गाउँपालिकामा एमाले जिल्ला सदस्य रामबहादुर आउजी अध्यक्षमा चुनाव लड्ने बताइएको छ । अन्य स्थानीय तहमा अधिकांशमा महिला उपप्रमुख÷उपाध्यक्षमा चुनाव लडाउने राजनीतिक दलको तयारी छ ।