• ९ मंसिर २०८१, आइतबार

विपतबाट बच्न जनचेतना महत्त्वपूर्ण : राष्ट्रपति भण्डारी

blog

काठमाडौँ, वैशाख १२ गते  । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प तथा विपत्हरूबाट बच्न जनचेतना सबैभन्दा महत्त्वपूर्ण हुने बताउनुभएको छ । विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको सात वर्ष पूरा भएको अवसरमा सन्देश व्यक्त गर्दै राष्ट्रपति भण्डारीले भूकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि पनि व्यक्त गर्नुभएको छ ।

नेपालको भौगोलिक अवस्थिति र बनावट भूकम्पीय दृष्टिले जोखिम रहेको बताउँदै राष्ट्रपति भण्डारीले कमजोर भौतिक संरचनाका कारण मुलुकले ठूलो जनधनको क्षति भोग्नुपरेको धारणा व्यक्त गर्नुभएको छ । 

विपत् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी एवं विपत्पूर्वको सुरक्षात्मक उपायबारेमा सचेतना अभिवृद्धि गर्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले यसका लागि सङ्घीय तथा प्रदेश सरकार र स्थानीय तहको भूमिका महìवपूर्ण हुने बताउनुभयो । 

सुरक्षित जीवनका लागि भूकम्प स्मृति दिवसबाट एकआपसमा मिलेर काम गर्ने प्रेरणा मिल्नेछ भन्दै राष्ट्रपति भण्डारीले पूर्वसुरक्षामा सबैको ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ  ।