• ४ जेठ २०८१, शुक्रबार

जसपाको निर्वाचन घोषणापत्र सार्वजनिक

blog

काठमाडौं, वैशाख ११ गते । जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत शीर्ष नेताहरुले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष यादवले स्थानीय तहमा  विकासको संरचना तयार गर्ने, शिक्षालगायतका पूर्वाधारहरु तयार गर्ने घोषणा पत्रमा उल्लेख रहेको जानकारी दिनुभयो ।

यस सँगसँगै नेपालको प्रत्येक पालिकामा ५० शय्याको अस्पताल, प्रत्येक वडामा स्वास्थ्य चौकी र प्रत्येक व्यक्तिलाई स्वास्थ्य बीमा गराउने जसपाको घोषणा पत्रमा उल्लेख छ । जसपाले तेस्रो स्थानमा कृषिलाई प्राथमिता दिएको छ । त्यस्तै, प्रत्येक गाउँ घरमा विजुली उपलब्ध गराउने  जसपाले जनाएको छ ।

मुलुकको आर्थिक वृद्धि न्यून हुनका साथै आर्थिक असमानता, बेरोजगारी, सामाजिक विभेद, सीमान्तकृत समुदायको बहिष्करण, लोकतन्त्रको संकुचन जस्ता समस्या दिनानुदिन बढिरहेका हुन् । यसले गर्दा जनसमुदायमा निराशा बढेको पनि जसपाको घोषणापत्रमा उल्लेख छ ।