• ५ जेठ २०८१, शनिबार

भरतपुर महानगरमा स्वतन्त्रसहित साना दलको उम्मेदवारी दर्ता

blog

शालिग्राम नेपाल
चितवन, वैशाख ११ गते ।
भरतपुर महानगरपालिकामा स्वतन्त्रसहित साना दलबाट सातजनाले प्रमुख पदमा उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।

राजनीतिक दलबाट तीन जना र चार जना स्वतन्त्रतर्फबाट मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । 

प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवाल, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ र मंगोल नेश्नल अर्गनाइजेसनबाट टेकबहादुर पुनले मनोनयन दर्ता गराउनुभएको हो ।

स्वतन्त्रतर्फबाट रुद्रप्रसाद सापकोटा, मोहित पाण्डे, यमकान्त शर्मा कँडेल र रामकृष्ण ओझाले  मनोनयन दर्ता गराउनुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल, नेकपा एमालेका विजय सुवेदीलगायतले भने मनोनयन दर्ता गराउन बाँकी  छ ।


गठबन्धनको तर्फबाट जिल्लाका सबै पालिकाको वडाहरु आइतबार टुङ्गो नलागेको कारण आज दर्ता हुन नसकेको हो । यसैगरी, एमालेको पनि राप्रपा सङ तालमेल गर्ने तयारी रहेको कारण आज दर्ता गर्न आएको छैन ।

जिल्लाको सबै वडा र पालिकाको उमेदवार टुङ्गो लगाएर सोमबार मात्र गठबन्धन र एमालेले मनोनयन दर्ता गराउने तयारी रहेको छ । हामिले केही गृहकार्य गर्न बाकी रहेकाले सोमबार मात्र उम्मेदवार दर्ता गर्ने तयारी गरेका छौ एमाले पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज देवि ज्ञवालीले जानकारी दिनुभयो । मनोनयन दर्ताको समय बेलुका ५ बजेसम्म रहेकाले आज दर्ता हुने सङ्ख्या वृद्धी हुने कार्यालयले जानकारी दिएको छ ।