• ४ जेठ २०८१, शुक्रबार

बेटिसलाई स्पेनिस कोपा डेल रे उपाधि

blog

उपाधि जितेपछि रियल बेटिसका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख ११ गते । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल बेटिसले जितेको छ । शनिबार राति भएको खेलमा ला लिगा प्रतिद्वन्द्वी भ्यालेन्सियालाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै बेटिस च्याम्पियन बनेको हो ।

निर्धारित समयमो खेल १–१ को बराबरीमा सकिएको थियो । थप समयमा गोल नभएपछि टाइब्रेकरमा पुगेर बेटिसले बाजी मारेको हो । निर्धारित समयमा ११औँ मिनेटमा बोर्जा इग्लिसियसले गोल गर्दै बेटिसलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । ३०औँ मिनेटमा भ्यालेन्सियाका ह्युगो डुरोले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । त्यसपछि थप गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । 

टाइब्रेकरमा रियल बेटिसका पाँचै जना खेलाडीले गोल गर्नुभयो । बेटिसका विलियम जोश, जोआक्वीन आन्द्रेस गुआरडाडो, क्रिस्टियन टेलो र जुआन मिरान्डाले गोल गर्नुभयो । भ्यालेन्सियाका कार्लोस सोलेर, युरोस रासिस, गोन्कालो गुइडेस र जोस गायाले गोल गर्नुभयो । युनुस मुसाहाको प्रहार विफल बनेको थियो । पाँच पटक कोपा डेल रेको फाइनल खेलेको बेटिसको यो तेस्रो उपाधि हो । यसअघि बेटिसले सन् १९७७  र सन् २००५ मा उपाधि जितेको थियो । एजेन्सी