• ५ जेठ २०८१, शनिबार

रुस र बेलारुसका खेलाडीलाई विम्बल्डनमा प्रतिबन्ध

blog

भिक्टोरिया अजारेन्का ।

काठमाडौँ, वैशाख १० गते । घाँसे मैदानमा खेलिने ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनमा रुस र बेलारुसका खेलाडीले यस वर्ष खेल्न नपाउने भएका छन्  अल इङ्गल्यान्ड क्लबले युक्रेनसँग युद्ध गरेको भन्दै रुस र बेलारुसका खेलाडीलाई यस वर्ष विम्बल्डनमा प्रतिबन्ध लगाएको हो ।

यस निर्णयपछि अमेरिकी ओपन विजेता डेनिल मेड्भेडेभको विम्बल्डनमा अनुपस्थिति हुने भएको छ । मेड्मेडेभज हाल विश्व वरीयतामा दोस्रो स्थानमा हुनुहुन्छ । यसैगरी,  अर्का खेलाडी विश्व वरीयतामा आठौँ स्थानमा रहको एन्द्री रुब्लेभले पनि विम्बल्डन खेल्न पाउनु हुनेछैन । महिला खेलाडीमध्ये चौथो वरीयताकी एरिना साबालान्का, विश्वकी पूर्व नम्बर एक खेलाडी भिक्टोरिया अजारेन्का र गत वर्ष फ्रेञ्च ओपनमा उपविजेता बनेकी अनास्तासिया पाभ्लुचेन्कोभालाई पनि प्रभावित पारेको छ । 

साबालान्का गत वर्ष विम्बल्डनको सेमिफाइनलमा पुग्नुभएको थियो । अजारेन्काले दुई पटक अस्ट्रेलियन ओपन जितिसक्नुभएको छ । त्यसैले यी खेलाडीको अनुपस्थ्तििमा विम्बल्डन केही खल्लो हुनेछ । मेड्भेड्भ, रुब्लेभ, पाभ्लुचेन्कोभच, साबालेन्का र अजारेन्का बेलारुसकी हुनुहुन्छ । विम्बल्डन आगामी जुन २७ तारिखमा सुरु हुनेछ । अल इन्ड्गल्यान्ड क्लबले बेलायत सरकारसँगको छलफलपछि यो निर्णय लिएको बताएको छ ।

युक्रेनमाथिको हमलापछि रुस र बेलारुसलाई अन्य खेलकुद प्रतियोगितामा पनि प्रतिबन्ध लगाइएका थियो । फुटबल, फिगर स्केटिङ, ट्रयाक एन्ड फिल्ड केही उदाहरण हुन् । बेलारुसले रुसलाई साथ दिइरहेको छ । रुसको फुटबल टिमलाई विश्वकप छनोटको प्लेअफ खेल्न दिइएन । जसले गर्दा रुस कतारमा हुने विश्वकपमा चयन नहुने भएको छ । एटिपीले अल इङ्गल्यानडको यस निर्णयलाई एकपक्षीय र अनुचित भन्दै विरोध गरेको छ । डब्ल्यूटिले पनि यस निर्णयलाई धेरै निराशाजनक भनी प्रतिक्रिया दिएको छ । एजेन्सी