काठमाडौँ, जेठ १ गते । सरकारले राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रमलाई पुनः संरचना गरेर थप प्रभावकारी बनाउने भएको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो।
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यलाई प्रदेशसँगको समन्वयमा विस्तार गरिनेछ ।
मानव विकास सूचाङकमा पछाडि परेका क्षेत्र तथा जिल्लामा वडा केन्द्रित विशेष महिला तथा सामाजिक विकास कार्यक्रम सञ्चालन गरिनेछ।
महिला आर्थिक रूपमा सक्षम तथा सशक्त बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन हुने भएको छ ।