• १५ चैत २०८०, बिहिबार

प्रधानमन्त्रीसँग अमेरिकी संसदीय टोलीले भेटवार्ता गर्दै

blog

काठमाडौँ, वैशाख ९ गते । संयुक्त राज्य अमेरिकाको उच्चस्तरीय संसदीय टोली औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्ने भएको छ । यस हप्ता अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठ मनाइँदैछ । सोही सन्दर्भमा सो टोलीले नेपाल भ्रमण गर्न लागेको हो ।

अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट गरेर विभिन्न विषयमा छलफल गर्ने जानकारी नेपालस्थित अमेरिकी राजदूतावासले दिएको छ ।

दूतावासका अनुसार, उहाँहरूको समूह हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभावमाथि समेत केन्द्रित छ । यस गम्भीर सङ्कटका बारेमा थप बुझ्नका लागि उहाँहरूले  शनिबार दिउँसो एक पदयात्रामा भाग लिने योजना बनाउनुभएको छ ।

उहाँहरू पोल्याण्ड र भारतलगायतका देशको लामो भ्रमणको सिलसिलामा नेपाल आउन लाग्नुभएको हो ।

सिनेटर किर्स्टन जिलिब्रान्ड (न्यूयोर्क) को नेतृत्वमा रहेको टोलीमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यू जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) सामेल हुनुहुन्छ ।