• १३ पुस २०८१, शनिबार

फेरि उम्मेद्वार हुन वडा अध्यक्षबाट राजीनामा

blog

वडा अध्यक्ष ज्ञानेन्द्र गौतमद्वारा उम्मेदवार बन्न राजीनामा दिनुहुँदै ।

नवीन शिशिर

बागलुङ, वैशाख ९ गते । बागलुङ नगरपालिका–११ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस गाउँ पार्टी समितिले वडा अध्यक्षको उम्मेवारको रुपमा गौतमलाई पुनः सिफारिस गरेपछि गौतमले पदबाट राजीनामा दिनुभएको हो । 

गौतमले नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीमार्फत नगरप्रमुख जनकराज पौडेलललाई राजीनामा बुझाउनुभएको छ । गौतम पार्टीले उम्मेदवारको रुपमा नाम सिफारिस गरेपछि पदबाट राजीनामा दिनुभएको छ  । 

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जनताको चाहना अनुसार पार्टीले पनि आफूलाई पुन उम्मेदवारीको रुपमा सिफारिस गरेको हुँदा पदिय दायित्वबाट राजिनामा दिएका गौतमले प्रतिक्रिया दिनुभयो । गठबन्धनबाट वडाध्यक्षमा सर्वसम्मत उम्मेदवार बन्ने सहमति बनेपछि राजीनामा बुझाउनुभएको हो । 

 विस २०७४ को स्थानीय निर्वाचनमा गौतम नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा विजयी हुनुभएको थियो । बानपा–११ मा नेपाली काँग्रेसको राम्रो जनमत भएको ठाउँ हो । गौतम लामो समय सञ्चारक्षेत्रका कार्यरत हुनुहुन्थ्यो । 

नगरपालिकाको सबैभन्दा दुर्गम मानिने रायडाडाको थप विकासको लागि दोहोरिने आफू फेरि पनि नेतृत्व लिन तयार भएको गौतमको भनाइ छ । गौतमले पेश गरेको राजिनामा पत्र नगरप्रमुख जनकराज पौडेल समक्ष पेश गरेको योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो ।