• १५ असार २०८१, शनिबार

पृथ्वी दिवस र हाम्रो दायित्व

blog

मथुरा खनाल

करिब ७.९ अर्ब मानिस बसोवास गर्ने पृथ्वी हाम्री धर्तीमाता र अथाह विशेषता बोकेकी संरक्षणकर्ता हुन् । हामीलाई जन्म दिने हाम्री आमाजस्तै उत्पादनको अदम्य क्षमता भएकी, सुन्दरता, विविधताकी धनी, स्रोत र सम्पदाले भरिपूर्ण, सहनशीलताकी खानी जननी हुन् पृथ्वी । प्रगति र उन्नतिको प्रचुर अवसर दिएर सबै प्राणी जगत्लाई समान व्यवहार गर्दै प्रकृतिको विरुद्ध नजान आग्रह गर्दैछिन् । आपूmमाथि जघन्य अपराध गरी आफूलाई कुरूप बनाउने मात्र होइन, मानिसलाई नै बस्नलायक नहुने गरी अत्यधिक दोहन गर्ने मानव जातिलाई पनि ‘प्रकृतिसँगै मिलेर शान्तिसँग बस’ भनिरहेकी छन् पृथ्वी । यिनको वक्षस्थलमा पैदा भएका प्राणीमध्ये सबैभन्दा बुद्धिमान मानिन्छ मानव । उसले समय परिवर्तनसँगै आपूmलाई पनि सक्षम, बलवान् र बुद्धिमान साबित गरिराखेको छ । 

आदिम ढुङ्गे युगको अवस्थाबाट विकास गर्दै विज्ञान र प्रविधिको क्षेत्रमा यतिसम्म विकास ग¥यो कि उसले आपूmलाई हरेक क्षेत्रमा सहज र सुविधाका लागि कुनै वस्तु बनाउन बाँकी नै राखेन । स्थलमा गुड्ने, छिटो दौडिने रेल, आकाशमा गुड्ने हवाईजहाज तथा पानीमा दौडिने पानी जहाज बनाएर पृथ्वीको एक कुनाबाट अर्को कुनामा छिटो पुगिने र सजिलो साधनको मात्र विकास होइन, कम्प्युटर, मोबाइल र इन्टरनेटको विकासले विश्व जगत्लाई नै एकै ठाउँमा बनाइदिएको छ । स्वास्थ्य विज्ञानको प्रविधिमा भएको चमत्कारिक विकासले प्राकृतिक रूपमा बनेका शरीरका अङ्गलाई काम गर्न छाडिसकेपछि पनि प्रत्यारोपण गरेर मानिसको आयुसमेत लम्ब्याउने काम गरेको छ । 

रसायन र औषधि विज्ञानको चमत्कारले अाँखाले देख्न नसकिने सूक्ष्म भाइरसको समेत अध्ययन गरी कोरोना, इबोला, सार्सजस्ता शक्तिशाली रोग जसले मानिसको जीवन छोटो समयमा नै नाश गर्न सक्छन्, त्यस्ता भाइरससँग लड्ने खोपको समेत विकास गरी जीवनको जोखिम न्यूनीकरण गर्न सफल भएको प्रमाणित गरिसकेको छ । विभिन्न किसिमका ब्याक्टेरियाले उत्पन्न गर्न सक्ने रोगलाई औषधि विज्ञानको विकासले पनि मानव जीवनलाई धेरै हदसम्म सुरक्षित गरेको छ । भौतिक र रसायन विज्ञानको चमत्कारले  कर्करोग (क्यान्सर)जस्ता जटिल रोगको पनि निदान गर्ने रेडिएसन थेरापीको प्रयोग गरी अल्पायुमा मृत्यु हुनबाट रोकेको छ । यसरी पृथ्वीको एक कुनामा बसेको वैज्ञानिकले अर्को कुनामा बसेको साधारण गरिब, अनपढ, अशिक्षित मानिसको जीवन पनि रक्षा गरिरहेका छन् । 

पृथ्वीमा धेरै थरिका मानिसको उत्पत्ति भइरहेको छ, कोही सादा जीवन उच्च विचारका धनी छन् जो आफ्नो जीवन बिताउँदै अरूको कल्याणको काम गर्छन् । कोही आफ्नो सौखिन र तामसी जीवन बिताउन अर्काको जीवन बर्बाद गराइरहेका छन् । सहरीकरण र औद्योगीकरणका कारण प्राकृतिक स्रोत, साधन र सम्पदाको विनाश भइरहेको छ । व्यापार र व्यवसाय गर्ने बहानामा मानिसको शरीरलाई फाइदा नगर्ने खाद्यवस्तु उत्पादन गरेर अकुत धन आर्जन गरिरहेका छन् । कोही प्रकृतिमा भएका बहुमूल्य स्रोत र साधनलाई आफ्नो स्वार्थपूर्तिका लागि लुकीचोरी दोहन गरिरहेका छन् । यहाँ एक राष्ट्रले अर्को राष्ट्रको सिमाना मिचिराखेका छन् । जमिनकै खातिर यहाँ ठूलाठूला युद्ध पनि भए र धेरै परिमाणमा जनधनको क्षति भएको हामी देखिराखेका छौँ । 

पृथ्वीमा भएका प्राकृतिक स्रोतसाधन समान रूपमा वितरित भएको भए सायद यस्तो कम हुने थियो कि कल्पना मात्र गर्न सकिन्छ । धनी र ठूला राष्ट्रकोे घमण्ड र होडबाजीका कारण गरिब र साना राष्ट्र तिनका गुलाम बनिरहेको अवस्थाले गर्दा सयौँ वर्ष लगाएर मानवनिर्मित भव्य र सभ्य सहर पनि आज क्षणभरमा भग्नावशेषमा परिणत भइरहेका छन् । ठूलो परिमाणमा मानव जीवनको क्षतिका खबर दैनिक सुन्नमा आउँछन् । आणविक भट्टी, लामो दूरीका क्षेप्यास्त्र, रासायनिक कलकारखाना र खनिज तेलको अत्यधिक प्रयोजनले पृथ्वीको वायुमण्डलमा कार्बन उत्सर्जनका कारण पृथ्वीको तापमान बढ्ने क्रम जारी छ । 

जलवायु परिवर्तनका कारण पृथ्वीमा अत्यधिक गर्मी, हावाहुरी, सुक्खा खडेरी, आगलागीका समस्याले मानव जीवन आक्रान्त छ । कतै अत्यधिक र लामो वर्षा हुँदा पहाडी क्षेत्रमा भू–स्खलन र पहिरोका कारण बाढी आउँदा बस्ती कटान र डुबानका समस्याले विकराल अवस्था उत्पन्न भएको छ त कतै हिमशृङ्खला पग्लने र हिमताल फुटने र बस्ती बगाउने त्रास बढिरहेको छ । भिरालो स्थानका बस्ती पहिरोको जोखिममा छन् भने समुद्र सतहको उचाइ कम हुँदै छ र तटीय बस्ती र टापु देशको अस्तित्व सङ्कटमा पर्ने प्रक्षेपण गरिएको छ । त्यति मात्र होइन, जलासयमा बस्ने प्राणीको वासस्थानमा विषाक्त रसायनले गर्दा उनीहरू लोपोन्मुख छन् । कतै मानिसले मानिसलाई विभिन्न बहानामा हत्या गरिरहेका छन्, कतै जीवजन्तुको तस्करी भइरहेको छ ।

पृथ्वीको सतहमा भएका स्रोत र साधन मात्र होइन, गर्भमा रहेका खनिजको पनि अत्यधिक दोहन भइरहेको छ । यस्ता कार्यले प्राकृतिक रूपमा सुशोभित सुन्दर पृथ्वीको स्वरूप नै परिवर्तित बनाई मानव जीवन मात्र होइन, जीवजन्तु र पारिस्थितिकीय प्रणालीमा समेत सङ्कटको अवस्था उत्पन्न गरेको छ । जलवायु परिवर्तनको असरले सबैलाई असर गरिरहेको हुन्छ । 

पृथ्वीको स्थलमा मात्र होइन, जलाशयमा रहने प्राणी जगत्लाई गम्भीर रूपमा ऋणात्मक असर परेको हुँदा विश्वलाई नै चुनौती दिने गरी वृद्धि भइरहेको वातावरणीय असन्तुलनको भयाभह स्थितिलाई ध्यानमा राखेर सन् १९७० मा लाखौँ अमेरिकीले तटीय क्षेत्रमा पृथ्वीको हरित र स्वच्छ वातावरणका लागि स्थानीय, प्रदेश तथा केन्द्रीय तहका सरकारलाई वैधानिक तथा कानुनी व्यवस्थाकोे माग गर्दै कार्यालय र संस्थामा जुलुस प्रदर्शन गरेका थिए, तथापि यसको सुरुवात भने १९६९ मा अमेरिकाको क्यालिफोर्निया राज्यको शान्ता बारबारामा ठूलो परिमाणमा पेट्रोलियम पदार्थ पोखिएर दुर्घटना हुँदा त्यसको असरले नराम्रो स्थिति उत्पन्न गरेको थियो । 

उक्त घटनाले अमेरिकी सिनेटर गेलर्ड नेल्सनलाई वातावरण संरक्षण र सुरक्षित औद्योगिक नियमावलीका लागि चेतना जगाउने हेतुले जुलुस प्रदर्शन गर्न पे्ररित गरेको थियो । यसलाई मूर्तरूप दिन पेट म्याक इलोस्कीले पनि प्राकृतिक वातावरण संरक्षणका लागि राष्ट्रिय पाठका रूपमा २२ अप्रिल १९७० मा पहिलो कार्यक्रमको सुरुवात गरेका थिए । फलस्वरूप २२ अप्रिललाई वातावरण संरक्षणका लागि महìवपूर्ण दिनका रूपमा मनाउन थालियो । वातावरण संरक्षणका लागि जनस्तरबाट सुरु गरिएका क्रियाकलाप तथा गतिविधिले गर्दा सन् १९९२ मा संयुतm राष्ट्रसङ्घद्वारा पृथ्वी सम्मेलन आयोजना गर्ने आधार तयार भयो । फलस्वरूप सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा पृथ्वी सम्मेलन आयोजना गरियो । त्यसपछि वातावरण संरक्षणको विषय विश्वव्यापी सरोकारको मुद्दा बनेको छ । 

पृथ्वी दिवसका रूपमा मनाइने कार्यक्रम, व्यक्त गरिने सङ्कल्प र तदनुरूपका प्रयासले वातावरण संरक्षणका लागि ठोस आधार निर्माण गरिरहेको छ । मानिसलाई वातावरणमैत्री कार्य गर्न पे्ररित गरिरहेको छ । जलवायु परिवर्तन र वातावरण संरक्षणका क्षेत्रमा भइरहेका वैज्ञानिक अनुसन्धानले पनि महìवपूर्ण योगदान पु¥याइरहेका छन् । प्रत्येक वर्ष यो दिनलाई विश्वका विभिन्न राष्ट्र र सङ्घसंस्थाले व्यापक रूपमा विश्वको तापमान वृद्धि र जलवायु परिवर्तनका सम्बन्धमा आधुनिक ज्ञानविज्ञानसहित वातावरण संरक्षणका लागि वार्षिक उत्सवका रूपमा मनाउँदै आइएको हो । 

यस वर्ष पृथ्वी दिवसको नारा ‘हाम्रो पृथ्वी संरक्षणका लागि लगानी गरौँ’ भन्ने छ । २०२२ को अप्रिल २२ यसको ५२औँ वार्षिक उत्सव हो । हाम्रो उन्नति, प्रगति र सन्ततिको उज्ज्वल भविष्यका लागि पृथ्वीको बचाउ गर्नु र यसको वातावरण संरक्षण गर्नु हामी मानव जातिको कर्तव्य र दायित्व हो । 

पृथ्वीको वातावरण बिगार्नमा यसमा बसोबास गर्ने सबैभन्दा बुद्धिमान भनिएको प्राणी मानिस नै जिम्मेवार छ । जलवायु परिवर्तन र वातावरण संरक्षणको विषयलाई आत्मसात् गर्दै पृथ्वी दिवस मनाउँदै गर्दा स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न यो सन्दर्भलाई मानव अधिकारसँग जोड्न आवश्यक छ । 



Author

मथुरा खनाल