• १२ साउन २०८१, शनिबार

सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख

blog

काठमाडौं, वैशाख ७ गते । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । 

विगत ६ दिनदेखि ललितपुरको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिनुभयो । 

जोशीलाई चलाएको एन्टिबायोटिक्स्को कोर्स पूरा भएपछि चिकित्सकको सल्लाह अनुसार डिस्चार्ज गरिने उहाँको भनाइ छ । 

‘विगत ६ दिनदेखि यस शिक्षण अस्पतालमा उपचारार्थ भर्ना हुनुभएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको छ’, बुधबार सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘उहाँको एन्टिबायोटिक्स्को कोर्स पूरा भएपछि विशेषज्ञको सल्लाह अनुसार डिस्चार्ज गरिनेछ ।’ 

अस्पतालका निर्देशक बज्राचार्यले बुधबार दिउँसो ३ बजे विज्ञप्ति सार्वजनिक गर्दै जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुभएको हो।