• २१ वैशाख २०८१, शुक्रबार

सुन प्रतितोला चार सयले घट्यो

blog

काठमाडौं, वैशाख ६ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर एक लाख दुई हजार एक सय पुगेकोे छ । अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख दुई हजार पाँच सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार छ सय तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार थियो ।

त्यस्तै, आज चाँदी अघिल्लो कारोबारको मूल्यमै  स्थिर रही प्रतितोला एक हजार ४२० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७४ डलर आसपास कारोबार भइरहेको छ ।