• १२ असार २०८१, बुधबार

महिला गोल्डकप : नेपाल पुलिसको विजयी सुरुवात

blog

धनगढी, वैशाख ४ गते। विभागीय टोली नेपाल पुलिस क्लबले प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिता विजयी सुरुवात गरेको छ। कैलालीको धनगढी रंगशालामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पुलिसले चन्द्रपुर नगरपालिका रौतहटलाई १-० गोलले हरायो। 

पुलिसको जितमा रेखा पौडेलले निर्णायक गोल गर्नुभयो। रेखाले ५१औँ मिनेटमा गरेको गोल पुलिसको जितमा पर्याप्त बन्यो। धनगढीमा पहिलो पटक फर्डलाइटमा रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो। वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीयसहित आठ टोलीको सहभागिता छ। 

गोल्डकपको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछ। यसैगरी प्रत्येक खेलको ‘वमन अफ दि म्याच’लाई पाँच हजार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभएको थियो।