• १७ जेठ २०८१, बिहिबार

मञ्जुश्री दर्शन

blog

मनको धोको पुगिन्छ, हुन्छ जब मान्छे आनन्दित । यसमा प्रत्यक्ष अनुभूति छ मेरो । १९९७ मा माघे श्रीपञ्चमी सरस्वती दर्शनको प्रथम अवसर । सरस्वती आराधना मनैदेखि मनाए । त्यो झझल्कोले जीवित बनाएको छ । अनुप्राणित छु सदाबहार । सरस्वती त नवजीवनको वसन्त रहेछ । नव उन्मेशभरिको बहार । चेतनको द्वार उघार्ने अवसर– पहिलो आरम्भ । भक्तपुरे बैँस–बन्चुहरू बेला बेलामा सरस्वती कुञ्जका बखान गर्थे । कान थापिरहेको हुन्थेँ । यसपालि पनि थाप्दै गरेँ कान खुलस्त पारेर । 

वती स्थान भक्तपुरको पूर्वी सीमान्तमा पर्दोेछ । पूर्वमा नगरकोट, उत्तर वागीश्वरी नगरबस्ती । अहिले सरस्वती स्थान सुडाल बस्तीमा पर्दछ । सुडालको शिरबिन्दु जस्तै रहेको सरस्वती स्थान अत्यन्त रौनक र रोमाञ्चक । रौनक छ यो पहाडको टुप्पोमा अवस्थित । टुप्पो आफ्नै रौनक छ किनकि त्यहाँ अजङ्ग काला ढुङ्गवका शृङ्खला छन् । रोमाञ्चक छ– त्यहाँ चढ्न उक्लन सहज छैन । असहज र कठिन बन्नु पनि रोमाञ्चक हुँदोरहेछ । रोमाञ्चक परिवेश जीवन यौवन बनी बन्दोरैछ । यौवनभरिको जीवन चाहिँदो रैछ त्यस्ता उत्कर्षपूर्ण अभियान भर्न ।

उनान्नब्बे वर्षे खोक्रो तन्नेरीपन भिरेर श्रीमञ्जुश्री नगरपालिकाका शिरस्थान सम्झनाभरी पुगेँ । जिन्दगीपछि यमराजले ल्हासा–पाः सरस्वती बनाम मञ्जुश्री स्थान पुगेका छौ कि ? प्रश्न गरे सकार्न सकियोस्, इरादाले आएको विस्तारै उक्ल्यौँ । सुस्तरी सुविस्ता साथ ल्हासापा : सरस्वती/मञ्जुरी मन्दिरको फेदैमा पुगेको सम्झन्छुँ । परिवर्तनशील दुनियाँमा फेरबदल हुनु शाश्वत सत्य ।

ल्हासापा : सरस्वती/श्रीमञ्जुश्रीतिर लाग्ने शुरले कसैसित जानकारी मागेँ । बयासीवर्षे तन्नेरीले असीवर्षे युवकलाई बाटो देखाउँदै–सिँढीका पिँढी चडाएथ्यो । रुक्दै थाम्दै ल्हासापाः सरस्वती स्थान पुगेको सम्झन्छु विभोर हुन्छ यो घडी । विहङ्गम दृश्य सुन्दर... ! निरन्तर हावाको सुसेली सुन्न पाइने सररर सुकुमार पवन प्रवाह । ओडारे गुफाको मुखैमा श्रीमञ्जुश्री मूर्ति स्थापित पाएथेँ । मनमनै जपेँ–मञ्जुश्री दर्शन आनुन्दे । मञ्जुश्रीले चोभार गल्छा छेड्न गरेको तरबार उजागर थियो दायाँ हातमा । मञ्जुश्री त बौद्ध दर्शनका निकै ख्याति प्राप्त विद्वान् । लाग्यो मञ्जु=सुमधुर वाणी, बोली–वचनका वर्चस्व वान पुरुष । मञ्जु अनि श्री दुई शब्दका संयुक्ताकार मञ्जुश्री । शालीन वाणीका विधाता । विधाता भन्नु श्री र ऐश्वर्यका खानी । सायद त्यो ओडारे गुफा÷गुफे ओडार दिलदार आश्रम बनाइयो मञ्जुश्री धाम । 

नियाल्दा नियाल्दै अनेक तरङ्गका रङ चढ्न थाल्छ यो जिउभरीको मन र मनभरीको जिउमा । ओतप्रोत तरङ्गका रङ्गमा रङमङिँदै प्रफुल्लिरहेको हुुन्छु म भनिँदो यो बबुरो । मञ्जश्री– भगवान्, भगवान्– रोङ्पा । चढ्न थालेको असीवर्षे बबुरोमाथि– टाउकोमाथि, आङभरिका जिउ ज्यानमा । अनि आँट र स्वाङ झाँङिन थाल्ने नै भयो । एके निमेशमा असी त खसी परेर अट्ठाइसे होनहार तन्नेरी पाखुरे मन फुरुङ्गिन थाल्छ । महामञ्जुश्रीको ध्यान दृष्टि अनुकम्पाले रोङ्पामा परिणति पार झैँ भए झँै । मञ्जुश्री दर्शन आनन्द भइएको । सम्झन्छु । तर मञ्जुश्री महात्म्य यतिमै टुङ्गिन्न । मनोरम ऐश्वर्य=मञ्जश्री । जीवन–दर्शन यति मनोरम लाग्छ । शब्द र वाक्यमा व्याख्या पर्याप्त रहन्न । मनोरमको व्याख्या मनैभरि छ । त्यसको आख्यान प्रत्येक मन मनका क्षण बन्छ । यसको क्षण सधैँ एक समान रहन्न । मेरो क्षण मेरै क्षण अनुसार सकुमार बन्छ, तन्नेरिन्छ, मध्यबयस्किन्छ, उनान्नब्बेवर्षे उत्पट्याङिन्छ । क्षणका आफ्नै क्षणहरू हुन्छन् । तिनले ज्यानमा अदृश्य प्रभाव पारिरहन्छ । एउटै ज्यान भड्किन्छ, भत्किन्छ, उत्पट्याङिन्छ... यस्तै । अनि .... 

ल्हासापाःसरस्वती र मञ्जुश्री दुई जीवन दर्शनका दुई दृष्टि भन्न रुचाएँ । सुन्दासुन्दै दुई दर्शनका व्याख्यानहरू । ल्हासापाः शब्द नेपालभाषाका । ल्हासा=तिब्बत=सँदे=सँदेश । सँ=सँयू=लामा । लाम्त=भोेटे आदि । पाखपाखो–पर्वत । ल्हासा पर्वत=ल्हासापाः÷सुनेँ कि त्यो सरस्वती स्थान, मञ्जुश्री मुहार रहेको स्थान गुफा गहूरका द्वार/द्वार प्रवेश र निस्कासन हुने, गरिने मुहान । ल्हासापाः शब्दले भोट प्रवेश जनाउने । पा=पवृत सूचक छ । सम्भवतः त्यो हावाको सुसेली आवाज–सररर... सुइयय... । ल्हासास्थित अरू कुनै ल्हासाका गुफादेखि अनतरकुन्तर बहँदै यहाँसम्म आउँदा हुन्... सायद ! विमर्श योग्य छ । भौगर्भिक यी सन्दर्भहरू खोजपूर्ण र योग्य छन् नै । नेपाल–तिब्बत र तिब्बत नेपाल सम्बन्धका सूत्रमध्ये केही गहकिला आधार । 

स्थानीय सज्जन हृदय भन्दै थिए– तिनै गुफाका अन्तरङ्गबाट तातोपानीको मुहान बग्छ । त्यत्रो मुस्ले धार ऊ..त्यो ढुङ्गेधारा हो । एक मुसलधारे पानी बग्ने ढुङ्गेधारा देखेको स्मृतिमा अङ्कित छ । शिष्ट एक युवा विद्यार्थीले भने बिहान नुहाउँदा न्यानो लाग्ने त्यो तातो पानी जीवनदायी छ । यो अनवरत बग्छ । हामी सँुडालबासी लाभान्वित मात्र होइन, गौरवान्वित पनि छौँ । प्रकृतिका बरदान अपरम्पार । गुफा गहूर देख्दा अनेक तरङ्गले तरङ्गित भएँ । गुफाका सिरान त झनै रोमाञ्चक माने । तन्नेरी नाति नातिना पुस्ता उमेरको उमङ्गमा तरङ्गित भएर उफ्रिँदै उक्लिरहेको देख्दै बितेका बैँसका पाना पल्टाएँ । मञ्जुश्रीका मूर्ति दर्शन गर्दागर्दै मन बहलिनु एक प्राप्ति लाग्यो । अनेक थरीका अनेक उत्कण्ठा सुन्दा बहलिँदो मन बहकिँदो पिरोली पोतिन पुगिँदो अनुभूति पाएँ । मनमनमा गुन्न थालेँ कि नेपाल त अँगालोको धनी मुलुक । अहिले अँगालो आफैँ यो अमूर्त भँगालोमा भताभुङ्ग परिरहे झैँ छ । मनमनै कथा हाल्नु वर्तमान यो अवस्था !

मनमनै गुन्न थालेँ । यहाँ पञ्चवृद्धलाई कोही पञ्च पाण्डव ठान्छन्, मान्छन् । माघेसङ्व्रmान्तिका उपलक्ष्यमा पञ्चबुद्धका भव्यमूर्तिभित्र बौद्ध गुरुभाजु=गुभाजुहरू अन्तरनिहित भएर भक्तपुरभरी परिव्रmमा लाउँछन् । को बौद्ध, को हिन्दु समता भावले प्रगाढ अभ्यर्थना गर्दछन् । भावधाराका सङ्लो पानी कति सङ्लो, कति चोखो... ! आश्चर्य चकित बन्छ । मनको सङ्लो धारणा भन्दा अरू पवित्रता खोजेर पनि पाइन्न कतै । मञ्जुश्री दर्शन आनन्दै भन्न मनपराएँ । मनमनै भनेँ प्रकृतिको वरदान स्वरूप बनेको त्यो प्राकृत गुफा; त्यहाँ प्रवेश र निस्कनै स्वतन्त्र आवागमन सबैका शाश्वत अधिकार र हक । प्रकृतिलाई प्राकृत रूपमा अविचलित राख्ने साझा नेपाली कर्तव्य सबै धर्मका पनि सर्वोपरि धर्म धारणा हो । यिनै चेष्टाका धारणा घरेर तत्काल छातीमा हात राखेर आफैँलाई सुम्सुम्याएँ । अलिकति यो सुमसुम्याई हजुरहरूलाई अर्पण चाहे...!

त्यो प्राकृत गहूर–गुफाको मुखेन्जी मञ्जुश्रीका सिङ्गमरमरे प्रतिमा २०२५ सालमा प्रतिष्ठापन गरेका रहेछ । स्वप्न दर्शनका अनुभूतिहरू प्रतिष्ठापक परिकारका अभिव्यक्ति सुन्न पाएँ । मनका इच्छा शक्तिलाई व्यक्त गर्ने पारम्परिक अभिव्यक्ति कला यस्तै छन् हाम्रा । चित्त बुझाएर मैले मेरो देहीय समाज, संस्कारको स्वाद चाखेर । मनलाई चित्तले बुझाए । चित्त बुझाउने ठाउँ पाएछ पनि त्यहाँको निर्मित मन्दिर परिवेश दर्शन गरेर । स्थानीय समाजसेवी र संस्कृतिका हिमायती स्थानीय जनता जनार्दनहरूले सद्भावहरूको सहमति बटुलेर सरस्वती मन्दिर पनि निर्माण गरिसकेका रहेछन् । सन्तोषप्रद यथार्थ बनेको छ यो । मञ्जुश्री दर्शन आनन्दै भन्न लाग्छु– यस्तै यस्ता अनुभूतिका आडभरोसा बटुलेर अहिले । तन्नेरी मन थोत्रो आङ स्मृतिमा तङ्ग्रिन्छु ।

सरस्वती स्थान केही दशकसम्म वागीश्वरी गाउँबस्ती अन्तर्गत रहेको जान्न पाइयो । सरस्वतीकै कारण गाउँबस्तीको नामै वागीश्वरी गाउँरहेको रहेछ । अहिले वागीश्वरी र सुँडाल फरक फरक बस्ती बनिसकिएको यथार्थ छ । यस विभक्त परिवेशलाई समायोजन गर्न नयाँ पहल सुरु भएको रहेछ । सरस्वतीको मूर्ति स्थापनार्थ नयाँ नेपाली परम्परागत सीप–शैलीमा इँटाको सुन्दर मन्दिर निर्मित छ । साथसाथै ल्हासापा सरस्वतीको सार्थक नाम अनुरूप सिङ्गमर्मरकै चार फिट अग्लो वीणा, पुस्तक र रुद्राक्ष माला धारणा गरिएकी सुन्दुर, आकर्षक प्रतिमा तयार पारी सप्ताह र नवाह यज्ञसमेत पूरा भइसकेको । सप्तह–नवाह पुराण परिसरमा सुन्दर सरस्वती प्रतिमा यज्ञाहुति गरेको सम्झँदै रमाउँछु अहिले । सम्झी मन बहलाउँछु । सम्झी प्रफुल्ल बन्छु । सप्ताह–नवाहबाट सङ्कलित कोषबाट सरस्वती–सदन–मन्दिर निर्माण र सम्भार हुने गरिने अन्तरयोजना सम्झी प्रफुल्ल बन्छु । आस्थाजनक सामाजिक अभियानले जनसहभागिता जुट्दो रहेछ । भरत जङ्गमका पहलमा मूर्ति बनेकोमा प्रतिमा स्थानीय सांस्कृतिक सम्पदामा परिणत हुने सहभागिता लक्षण जुरेछ । 

अब अलिकति मञ्जुश्री र सरस्वती धारणाका विवेचनामा लाग्न थाल्छु । चिन्तनका सन्दर्भ चेष्टामा अडेको हुँदोरहेछ । चिन्तन आस्थाको । चेष्टा पक्ष धरको । मञ्जुश्री भोट–चिनियाँ पक्षधर चिन्तन र चेष्टाको । सरस्वती हिन्दु धर्म र स्थान पक्षधर चिन्तन चेष्टाको । मञ्जश्री शब्द संस्कृत । सरस्वती पनि उस्तै । दुवै संस्कृत शब्द भएर दुवै शब्दको सामञ्जस्य भावधारा सञ्चार गर्छन् । सरस+वती=सरस्वती । मञ्जु+श्री=मञ्जुश्री । दुवै रसवान् अर्थ वाचक शब्द । चीनबाट बौद्ध धर्म नेपाल प्रवेश नगरी नेपालबाट भोट चीन प्रवेश नभई नेपालबाट भारत प्रवेश गरेको भू–वातावरणीय प्रत्यक्षीकरणका शाश्वत सत्य । यिनै आँखादेखि साक्षीका आधारमा भन्न मन पराएँ– नेपाल त भारत– चीनको मिलन स्थल मैत्री–भूमि । त्यसैले हनु सक्छ कि राजा वीरेन्द्रले एक पटक भनेथे–दायाँ पाखुरीले भारत र बायाँ पाखुरीले महाचीन अँगाल्ने देश रहेको छ– नेपाल...!

सोच्दा सोच्दै भन्न मनपराएँ फेरि– मञ्जुश्री दर्शन आनन्द यथार्थमा मञ्जुश्री प्रतिमा संस्थापक त ढोका टोल, काठमाडौँका स्वर्गीय मक्षनारायण मानन्धर महानुभाव रहेछन् कीर्तिमान !