• ७ वैशाख २०८१, शुक्रबार

संस्कृतिविद् सत्यमोहन जोशी आईसीयूमा

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख ३ गते। वैशाख १ गते अस्पताल भर्ना हुनुभएका संस्कृतिविद् सत्यमोहन जोशीलाई सास फेर्न थप अप्ठेरो महसुस भएपछि सघन उपचार कक्ष (आईसीयू)मा सारिएको छ।

स्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार दिउँसो ४ बजे ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पताल भर्ना हुनुभएका जोशीलाई शनिबार आईसीयूमा सारिएको हो।

मुटुको चालमा केही समस्या देखिएपछि आईसीयूमा सारिएको हो। उहाँको स्वास्थ्य अवस्था सामान्य छ।  भोलिसम्म उहाँको स्वास्थ्य अवस्था सामान्य भएमा वार्डमा सारिने अस्पतालले जनाएको छ।

किष्ट अस्पतालका निर्देशक प्रा‍.डा. सुरज बज्राचार्यका अनुसार जोशीको पिसाबमा संक्रमण र मुटुको चालमा गडबढी देखिएको हो। जोशीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको निर्देशक बज्राचार्यले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ। 

१०३ वर्षीया जोशीको यसअघि २०७८ फागुनमा एक हप्ता किष्ट अस्पतालमै उपचार भएको थियो।