• २० वैशाख २०८१, बिहिबार

सत्यमोहन जोशी किष्ट अस्पतालको डिलक्स सुइटमाः मुटुको चालमा गडबढी

blog

काठमाडौंं, वैशाख ३ गते । संस्कृतिविद् सत्यमोहन जोशीको मुटुको चालमा गढबढी देखिएको छ । बुधबार छातीमा असजिलो महसुस भएपछि किष्ट अस्पतालको इमर्जेन्सीमा भर्ना हुनुभएका जोशीलाई अहिले अस्पतालको डिलक्स सुइटमा भर्ना गरेर उपचार सुरु गरिएको हो ।

किष्ट अस्पतालका निर्देशक प्रा‍.डा. सुरज बज्राचार्यका अनुसार जोशीको पिसाबमा संक्रमण र मुटुको चालमा गडबढी देखिएको छ । १०३ वर्ष वर्षीया जोशीको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको निर्देशक बज्राचार्यले बताउनुभयाे । 

जोशीको यसअघि २०७८ फागुनमा एक हप्ता किष्ट अस्पतालमै उपचार भएको थियो ।