• १२ असोज २०८१, शनिबार

नेपालले जिम्बावेसँग क्रिकेट सिरिज खेल्ने

blog

काठमाडौँ, वैशाख ३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावेसँग एक दिवसीय र टी-२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले घरेलु मैदानमा एक दिवसीय र टी-२० सिरिज खेल्न लागेको हो । 

क्यानले दुवै सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपालले जिम्बावे ए सँग वैशाख १७, १९ र २१ गते एकदिवसीय तथा  वैशाख २३, २४ र २६ गते टी-२० सिरिज खेल्नेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा हुने अमेरिका र ओमानसँग त्रिदेशीय सिरिजको तयारीमा लागि जिम्बावे ए सँग सिरिज खेल्न लागेको हो । 

लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । नेपालले १२ खेलमा ६ जित र ६ वटै हार खेपेको छ । २८ खेलबाट ३६ अंक बनाएको ओमान शीर्षस्थानमा छ । यूएई, स्कटल्याण्ड, नामिबिया र अमेरिका तालिकाको क्रमश दोस्रो, तेस्रो, चौंथो र पाँचौ स्थानमा छन् । 

दुई अंक बनाएको पीएनजी तालिकाको पुछारमा छ । सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।