• १२ साउन २०८१, शनिबार

सहकारीमार्फत किसानलाई उन्नत जातको भैसी बितरण

blog

वासुदेव शर्मा

जाजरकोट, बैशाख १ गते । जाजरकोटको एक सहकारी संस्थाले उन्नत जातका भैसी वितरण गरेको छ । कर्णाली प्रदेश सरकारको बार्षिक स्वीकृत कार्यक्रमअनुसार नलगाड नगरपालिका ५ पन्चासे बहुउद्देश्यीय सहकारी संस्थामार्फत सहकारीमा आबद्ध दश जना किसानलाई दश वटा भैसी वितरण गरेको हो ।

कर्णाली प्रदेश सरकारको चालु आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ब्लकमा दुग्ध प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्न कृषि तथा पशु पालन गर्दैआएका ब्यावासयिक किसानको आयआर्जन बृद्धि गरी आत्मनिर्भर बनाउन पन्चासे बहुउद्देश्यीय सहकारी संस्थाले एक लाख ५० हजार रुपियाँका दरले दश वटा दुहुना भैसी वितरण गरेको छ । 

पशुपालन ब्यबसायले आयआर्जनमा सुधार, आत्मनिर्भर बनाउन कर्णाली प्रदेश सरकारमार्फत पशु अस्पताल तथा पशु सेवा कार्यालयले प्रदान गरेको ब्लकमा दुग्ध प्रबद्र्धन कार्यक्रमको पन्ध्र लाख र सहकारी संस्थाको चार लाख ५० हजार रुपियाँ अनुदान सहयोगमा नेपालगन्जबाट खरिद गरी ६ वटा पाडासहितका दुहुना, चार वटा असारमा बच्चा दिने भैसी संस्थाले खरिद गरी बितरण गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख जरबहादुर भक्रीले बताउनुभयो ।

आयआर्जनमा सुधार, आत्मनिर्भर बनाउने माध्याम सहकारी भएकाले पशुपालन पेशामा संलग्न, सहकारी संस्थामा आबद्ध किसानलाई व्यावासयिक उत्पादनमुखी आत्मनिर्भर बनाउन कर्णाली प्रदेश सरकारमार्फत प्राप्त बजेट पंन्चासे बहुउद्देश्यीय सहकारी संस्थालाई दिएको सो कार्यालयले जनाएको छ । संस्थाले भैसी खरिद गरी किसानलाई वितरण गरेको कार्यालय प्रमुख भक्रीले बताउनुभयो ।

कृषि पशुपालन व्यवसाय गर्दैआएका सरकारी रोजगारी नभएका नलगाड ५ का गणेशप्रसाद गौतमले भैसी पाउदाँ ज्यादै खुसी लागेको बताउनुभयो । भैसीको दुधबाट आत्मनिर्भर, आयआर्जनमा सुधार आउने उहाँले बताउनुभयो ।  

नेपाल सरकारको तीन खम्बे नीतिलाई आत्मसाथ गर्दै आजको बचत, भोलीको आधार सहकारी नै भएकाले किसानलाई आधुनिकमैत्री प्रविधि उपकरण, मौसमी, बेमैसमी तरकारीका विउ विजन फलफुलका विरुवा बितरण गर्दैआएको प्रवन्धक किशोर रावलले बताउनुभयो । २०६५ सालमा २५ जनाले झोलाबाट शुरु गरेको सहकारी संस्थामा हाल सात सय ६४ जना शेयर सदस्य रहेका छन् ।