• १२ साउन २०८१, शनिबार

२४ घण्टामा तीन सङ्क्रमित थपिए, ४४ सङ्क्रमण मुक्त

blog

काठमाडौं, वैशाख १ गते । पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२ सय ६२ जनामा एन्टीजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी, एक हजार आठ जनाको एन्टीजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको छ । कुल ३३ सय ४२ परीक्षणमा चार जना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या भने शून्यमा झरेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ४४ जनाले कोरोना जितेका छन् ।

यसैगरी, हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४७९ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६१ हजार २७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।