• ७ जेठ २०८१, सोमबार

फिलिपिन्समा अगाटन आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

blog

मनिला, वैशाख १ गते । फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले जनाएको छ ।
प्रकोपको नकारात्मक नतिजाहरूको सामना गर्ने मानिसहरूको सङ्ख्या भने नौ लाख २० हजारभन्दा बढी रहेको जनाइएको छ। एनडीआरआरएमसीका अनुसार विपद्का कारण एक लाख ६२ हजारभन्दा बढीले आफ्नो घर छोडेका छन्  ।
आँधी अगाटोनका कारण आइतबार देशको पूर्वी तटमा ६० किलोमिटर (३७ माइल) प्रति घण्टाको गतिमा हावा चलेको थियो। अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएको छ ।