काँक्रेविहार समाचारदाता
सुर्खेत, वैशाख १ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा रहेको प्रदेश सङ्ग्रहालयले कर्णालीको ऐतिहासिक तथा लोक सांस्कृतिक सभ्यताको पहिचान झल्काउँछ । सङ्ग्रहालयमा पृथ्वीनारायण शाहको पालामा प्रचलित मुुद्रादेखि कर्णाली प्रदेशभित्रका ऐतिहासिक सभ्यताको पहिचान झल्काउने वस्तुहरू राखिएका छन् ।
पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, टिकटकका कारण पातल दरबार, शहीद पार्क, भानुस्मृति पार्क, भाइरल रोडजस्ता क्षेत्रले निकै चर्चा पाए तर कर्णालीको इतिहास र संस्कृतिलाई सङ्गृहीत गरेर राखिएको सङ्ग्रहालय भने पर्यटकको महìवमा पर्न नसकेको हो ।
यहाँको परम्परागत लोक संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले सुर्खेतमा सङ्ग्रहालय स्थापना गरिएको थियो । २०५७ साउन २ गते तत्कालीन सरकारले क्षेत्रीय सङ्ग्रहालयका रूपमा स्थापना गरिएको उक्त सङ्ग्रहालयलाई सङ्घीयतापछि २०७५ असोज ५ गतेदेखि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत ‘प्रदेश संग्रहालय’मा रूपान्तरण गरिएको छ ।
प्रदेश सङ्ग्रहालयको अवलोकनबाट यहाँको लोक संस्कृतिको विषयमा अध्ययन अनुसन्धान, शिक्षा प्राप्त र मनोरञ्जन प्राप्त गर्न सकिन्छ । सङ्ग्रहालयमा कर्णाली प्रदेशमा विद्यमान इतिहास संस्कृति र पुरातìवसँग सम्बन्धित वस्तुहरू दुईवटा प्रदर्शनी भवनमा राखिएको छ । जसअनुसार पहिलो कक्षमा इतिहास तथा संस्कृतिसँग सम्बन्धित वस्तु रहेका छन् ।
यहाँ विभिन्न जातजाति मगर, थारू, राउटे, कुमालको संस्कृति दर्शाउने मोडल अर्थात् डायोरामा, महìवपूर्ण गरगहना, परम्परागत भाँडावर्तन, ऐतिहासिक हातहतियार, नापतौलका एकाइगत सामग्री, विभिन्न मूल्य एवं तिथि क्रमका मुुद्रा राखिएको छ । प्रदर्शनी भवनको दोस्रो कक्षमा काँक्रेविहारबाट प्राप्त पुराताìिवक वस्तुहरू, कलात्मक प्रस्तर मूर्तिहरू, फलामका प्राचीन हुक, माटाका भाँडाका टुक्रा, जुम्लाबाट प्राप्त माटोका चःचहरू रहेका छन् । यसैगरी सोही कक्षमा हिमाली भेगका लामाहरूको संस्कृति झल्काउने वेशभूषा, भाँडावर्तन, कोल (काठको तोरी पेल्ने सामग्री), मदुस, ढिकी, जातो, प्राचीन पानी घडी, थाङ्का, माझी जातिसँग सम्बन्धित सामग्री माछा मार्ने जाल, सुन चाल्न प्रयोग हुने काठका सामग्रीलगायतका वस्तुको अवलोकन गरी अध्ययन अनुसन्धान गर्न सकिन्छ ।
कर्णाली प्रदेश सङ्ग्रहालय ‘सङ्ग्रहालय’ मात्र नभई ‘अभिलेखालय’ पनि हो । जसमा कर्णाली प्रदेश सरकारले गरेका निर्णयमध्ये महìवपूर्ण निर्णय अभिलेखीकरण गरी राख्ने योजना छ । अहिलेसम्म कुनै निर्णय राखिसकिएको भने छैन । सङ्गृहीत वस्तुको ग्यालरीसहित त्यहाँ पुस्तकालय पनि बनाइएको छ । जहाँ बसेर विभिन्न विधाका पुस्तक पढ्न सकिन्छ ।
सङ्ग्रहालयको बाँकी जमिनमा पर्यटकको आकर्षणका लागि अरू संरचना बनाउने काम भइरहेको सङ्ग्रहालयका प्रमुख अर्ज‘नबहादुर शाही बताउनुहुन्छ । सङ्ग्रहालयको आन्तरिक आम्दानी भने अत्यन्तै न्यून भएकाले प्रचारप्रसारसँगै प्रवेश शुल्कमा पनि हेरफेर गर्न कर्णाली प्रदेश सरकारसँग आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
सङ्ग्रहालयमा आउने मानिसको सङ्ख्या पनि न्यून रहेको छ । कोभिड सुरु हुनुअघिका वर्षमा भने सङ्ग्रहालयमा वार्षिक करिब १० हजार जना मानिसले अवलोकन गरेको तथ्याङ्क पाइए पनि हाल दैनिक करिब २५ जनाले सङ्ग्रहालय अवलोकन गर्न आउने बताइएको छ ।