शंकर केसी
सल्यान, असोज २४ गते । वैदेशिक रोजगारीको शिलसिलामा मलेसियामा रहेका सल्यानका एक युवकको मृत्यु भएको छ ।जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ दमारखोला निवासी ३६ वर्षीय विमल डाँगीको काम गर्ने क्रममै दुर्घटनामा परेर मृत्यु भएको उहाँको परिवारले जानकारी दिएको छ ।
बिहीबार बिहान काम गर्ने क्रममा खाद्य तेल पेल्ने मेसिनमा परेर विमलको मृत्यु भएको जानकारी आएको कपुरकोट, ३ का वडा अध्यक्ष प्रदीप खड्काले बताउनुभयो ।
वैदेशिक रोजगारीका लागि दुई वर्ष अघि मलेसिया पुग्नुभएका विमलका श्रीमति, एक छोरा र एक छोरी छन् । मृतकको शव नेपाल ल्याउन पहल थालिएको वडा अध्यक्ष खड्काले जनाउनुभयो ।