• २४ असोज २०८२, शुक्रबार

कार्यालय सञ्चालनार्थ नगरपालिकाको सहयोग

blog

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय सञ्चालनका लागि कम्प्युटर र फर्निचर हस्तान्तरण गर्नुहुँदै । तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, असोज २४ गते । जेनजी आन्दोलनमा लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय लहानको कार्यालय सञ्चालनको लहान नगरपालिकाले कम्प्युटर र फर्निचर सहयोग गरेको छ ।

व्यापार कम्पनीको गोदामबाट चामल, चिनी, धान, खाली बोरा कार्यालयको कम्प्युटर फर्निचर सवारी साधनगरी दश करोडको क्षति भएको यस कार्यालयलाई सञ्चालन गर्न कार्यालय प्रमुख दिपक सुनारले लहान नगरपालिकासँग सहयोगको माग गर्नुभएको थियो । 

आज शुक्रबार एक कार्यक्रमबिच लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले कम्प्युटर एकथान, प्रिन्टर एक थान, कुर्सी दश थान, टेबुल चार थान र प्लाष्टिक टेबुलहरु चार थान कार्यालय प्रमुख सुनारलाई हस्तान्तरण गर्नुभयो ।

जेनजी आन्दोलनको क्रममा लहानको डिभिजन वन कार्यालय, यातायात व्यवस्था कार्यालय, घरेलु तथा साना उद्योग डिभिजन कार्यालय, खाद्य व्यवस्था तथा व्यापार कार्यालय र नापी कार्यालय लहानमा भएको क्षतिको कारण कार्यालय सञ्चालन भए पनि कागजात र फाइलहरु उपलब्ध नभएकाले सेवा प्रवाह गर्न अझै केही दिन लाग्ने इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायले जानकारी दिनुभयो । 

सिरहाको १७ वटै पालिकामा र सरकारी कार्यालयहरुमा गरी एक अर्वभन्दा बढी रुपियाँ बरावरको क्षति भएको जिल्ला प्रशासन कार्यालय सिरहाका सूचनाअधिकारी चेतराज बरालले जानकारी गराउनुभयो ।