• २४ असोज २०८२, शुक्रबार

बलात्कार गरेको आरोपमा पक्राउ

blog

राजकुमार भट्टराई

खोटाङ, असोज २४ गते । फरक क्षमता भएकी आफ्नै दिदिलाई बलात्कार गरेको अभियोगमा खोटाङका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । फरक क्षमता भएकी ६५ वर्षीया वृद्धा दिदिलाई बलात्कार गरेको अभियोगमा खोटाङ हलेसी तुवाचुङ नगरपालिकाका ४२ वर्षीया भाई पक्राउ परेका हुन् । 

असोज २१ गते मौखिक जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक राजु विष्टले बताउनुभयो । असोज २२ गते जाहेरी दर्ता गरेर जिल्ला अदालत खोटाङबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको उहाँको भनाइ छ । पीडित महिलाको असोज २२ गते जिल्ला अस्पताल खोटाङमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।