• १३ असोज २०८१, आइतबार

करेन्ट लागी एक जनाको मृत्यु

blog

गाेरखापत्र अनलाइन

झापा, माघ २८ गते । बिर्तामोड नगरपालिका वडा नं. ७ बाह्रघरे ४९ को खेम श्रेष्ठकाे करेन्ट लागेर ज्यान गएको छ ।

पिसाब फेर्नको लागी खाली खुट्टा साढे ११ बजे राति घर बाहिर निस्कँदा घरको वरिपरि जङ्गली हात्तीबाट सुरक्षित हुन आफैँले लगाएको करेन्टमा लागेर मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

घाइते भई बिर्तासिटि अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा राति १२:२० डाक्टरले मृत घोषणा गरेको हो । सो

सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बत्ताएको छ ।