• १३ साउन २०८१, आइतबार

प्रदेश सभा बैठक सूचना टाँस गरेर बुधबार स्थगित

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले भोलि विश्वासको मत लिने

blog

अविनाश चौधरी

धनगढी, माघ २५ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोलि विश्वासको मत लिनु हुने भएको छ । उहाँले विश्वासको मत लिनका लागि भोलि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाउनुभएको छ ।

यसअघि, मुख्यमन्त्रीले आज दिउँसो १ बजे विश्वासको मत लिने तय भएको थियो । तर, आज बोलाइएको प्रदेश सभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । सभामुखको निर्देशनमा बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो । 

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका कैदीबन्दी रिहा नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेपछि मुख्यमन्त्री रावल अप्ठ्यारो पर्नुभएको छ । उहाँले विश्वासको मत पाउन नागरिक उन्मुक्तिको साथ आवश्यक छ ।

कानुनी प्रावधान अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने समयसीमाको भोलि अन्तिम दिन हो । उहाँ संविधान धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।