• १३ साउन २०८१, आइतबार

भूकम्पमा परी मृत्यु हुनेकाे सङ्ख्या ४३ सय नाघ्याे

blog

बेरुत, माघ २४ गते । टर्की र सिरियामा गएको शक्तिशाली भूकम्प र सयौं परकम्पनका कारण मर्नेको सङ्ख्या चार हजार तीनसय पुगेकाे छ । विभिन्न मिडियाहरूले बिहानकाे ९ बजेकाे स्थानीय समयअनुसार पछिल्लाे विवरणमा साे सङ्ख्यामा उल्लेख गरिएकाे छ ।  

उद्धार कार्यकाे लागि विभिन्न ६५ देशबाट २६ सय स्वय्मसेवकहरू टर्कीमा प्रस्थान गरेका छन् । यस्तै, भूकम्पले प्रभावितहरूकाे लागि तीन लाख ब्याल्यान्केट र ४१ हजार पालकाे व्यवस्था गरिएकाे टर्कीकाे विपद् व्यवस्थापन केन्द्र एएफडीले जनाएकाे छ । 

भूकम्पका कारण हजाराैं भवनहरू ध्वस्त भएका छन् । भग्नावशेषमा परेका मानिसको उद्धार गर्ने कार्य जारी  छ ।



(बीबीसी–अलजजीरा)