• ८ वैशाख २०८२, सोमबार

कान्ति बाल अस्पतालमा सुरू भयाे अनलाइन टिकट

blog

काठमाडौ, माघ २३ गते । कान्ति बाल अस्पतालले अनलाइन टिकट सुरु गरेको छ । अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा हुने अव्यवस्थित भीडको व्यवस्थापन गर्न अस्पतालले अनलाइन टिकट सुरु गरेको बताउनुभयो। 

देशका जुनसुकै कुनामा बसेर पनि अनलाइनबाट टिकट काटी उपचार सेवा लिन सक्ने डा. बसौलाले जानकारी दिनुभयो ।

उहाले भन्नुभयो, 'यो सँगै कान्ति बाल अस्पतालमा बच्चाको उपचार गराउँदा घरबाटै टिकट काटेर जान सकिनेछ। अस्पतालमा लामो लाइन बस्नुपर्ने अवस्थाको यसले विस्तारै अन्त्य हुने विश्वास छ।   

गुगल प्लेस्टोरबाट कान्ति बाल अस्पतालको एप डाउनलोड गरी सेवाग्राहीले आइएमई पे, ई–सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत भुक्तानी गरेर अनलाइन टिकट काट्न सक्नेछन् ।

अस्पतालमा दैनिक सात सयको हारहारीमा बिरामीहरूले सेवा लिन गरेका छन् ।