• ९ मंसिर २०८१, आइतबार

पाकिस्तानमा बस दुर्घटना हुँदा ४१ यात्रुको मृत्यु

blog

गाेरखापत्र अनलाइन

काठमाडाैँ, माघ १५ गते । पाकिस्तानको बलोचिस्तान प्रान्तमा बिहान भएको बस दुर्घटनामा परी ४१ जना यात्रुहरू मारिएका छन् ।

क्वेटाबाट काँचीतर्फ जाँदै गरेको उक्त बस सडकबाट तल खसेको थियो । सो बसमा ४८ जना यात्रुहरू रहेका थिए ।

तीव्र गतिमा रहेको सो बसले यू–टर्न लिन खोज्दा पुलको खम्बामा ठाेकिएर तल खसेको थियो ।

खसेपछि आगो लागेको त्यहाँका अधिकारीले स्थानीय सञ्चार माध्यमलाई जानकारी गराएको छ ।  

दुर्घटनामा परेको सो बसबाट एकजना बच्चा र महिलालाई सकुशल उद्धार गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।