• १९ असोज २०८१, शनिबार

बार्सिलोनाको सानदार जित

blog

बिल्बाओविरुद्ध गोल गरेपछि खुशी मनाउँदै बार्सिलोनाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, कात्तिक ७ गते । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सोमबार बार्सिलोनाले एट्लेटिको बिल्बाओलाई ४–० गोलले हरायो ।

एकपक्षीय खेलमा बार्सिलोनालाई जिताउन औसमाने डेम्बेलेले १२औं, सर्जी रोबर्टोले १८औं, रोबर्ट लेवान्डोस्कीले २२औं र फेरान टोरेसले ७३औं मिनेटमा गोल गर्नुभयो । रोबर्टले लिगका सबै खेलमा गोल गर्ने क्रमलाई निरन्तरता समेत दिनुभएको छ । उहाँले ११ खेलमा ब्यक्तिगत १२ गोल गरिसक्नुभएको छ ।

जितसँगै दोस्रो स्थानमा यथावत रहेको बार्सिलोनाले ११ खेलबाट २८ अंक बनाएको छ । पराजित १८ अंकसहित छैटौं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याडिङको ३१ अंक छ । आइतबार रातिनै भएको अन्य खेलमा एट्लेटिको म्याड्रिडले रियल बेटिसलाई तथा भिल्लारियलले अल्मेरियालाई समान २–१ गोलले पराजित गरेको छ ।

स्पान्योल र इल्चेले २–२ तथा गिरोना र ओसासुनाले १–१ गोलको बारबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी