• २२ साउन २०८२, बिहिबार

अवैध कपडाको गोदाममा सशस्त्रको छापा, ३५ लाख बढीको लत्ताकपडा बरामद

blog

बरामद सामान नियन्त्रणमा लिँदै प्रहरी । तस्बिरः सशस्त्र प्रहरी

कैलाली, साउन २२ गते। धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित गोल मार्केटबाट सशस्त्र प्रहरीले ३५ लाख २१ हजार २ सय ४० रुपियाँ बराबरको लत्ताकपडा बरामद गरेको छ। साथमा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ।

सोही ठाउँमा रहेको राधा गोबिन्द सप्लायर्सको नाममा दर्ता भएको गोदाममा भारतबाट अबैध रुपमा  ल्याएर राखिएको लत्ताकपडा प्रहरीले बरामद गरेको हो। गोदामका सञ्चालक ३४ वर्षीय अंकुश गुप्तालाई प्रहरीले नियन्त्रणमा लिइएको हो।     

सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र कैलाली भन्सार कार्यालयको संयुक्त टोलीले भन्सार छलीको  लत्ताकपडासहित गोदाम संचालकलाई  नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। 

 नियन्त्रणमा लिइएको सामान र व्यक्तिलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइको डिएसपी थापाको भनाइ छ।