काठमाडौँ, मङ्सिर २२ गते । भारतको इस्ट बङ्गाल एएफसीले साफ महिला क्लब च्याम्पियनसिपमा भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीमाथि सातदार जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा इस्ट बङ्गालले ट्रान्सपोर्ट युनाइटेडलाई ४–० गोलले हरायो । एकपक्षीय खेलमा इस्ट बङ्गाललाई जिताउन फाजिला इक्वापुटले दुई तथा सुलन्जना राउल र रेस्टी नान्जिरीले गोल गर्नुभयो ।
पहिलो हाफमा एक गोल गरेको इस्ट बङ्गालले दोस्रो हाफमा तीन गोल थपेको थियो । नेपालको एपिएफ क्लबसहित पाँच देशका क्लबको सहभागिता रहने छ । एपिएफले पहिलो खेलमा बङ्गलादेशको नासरिन स्पोर्ट्स क्लबविरुद्ध ४–० गोलको जित निकालेको थियो ।
एपिएफले २७ गते पाकिस्तानको कराँचीसँग र लिग चरणको अन्तिम खेल पुस २ गते भारतको इष्ट बङ्गाल क्लबसँग खेल्ने छ । लिगको शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुने छ ।