• १२ असार २०८१, बुधबार

जिप दुर्घटनामा दुई जना घाइते

blog

साब्लाखुको रातमाटेमा दुर्घटना भएको जिप । तस्बिर: चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २६ गते । ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जना यात्रु घाइते भएका छन् । सिदिङ्वा गाउँपालिका –४ साब्लाखुको रातमाटे खण्डमा शनिबार साँझ मे१ज २०७४ नम्बरको जिप दुर्घटना हुँदा एक महिलासहित दुई जना यात्रु घाइते भएका हुन् ।

प्रहरी चौकी साब्लाखुका अनुसार सिदिङ्वा गाउँपालिका–५ लिम्बु दिनकी २२ वर्षीया सीता इधिङ्गो र एकजना अन्दाजी ६५ वर्षीय वृद्ध घाइते हुनुभएको छ । घाइते वृद्धको भने नाम र ठेगाना खुलिनसकेको प्रहरी चौकीका हवलदार अमृत दमाईले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते दुवै जनाको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

झापाको दमकदेखि साब्लाखु भन्ज्याङतर्फ जाँदै गरेको जिप ब्रेक फेल भई दुर्घटना भएको प्रहरी चौकी साब्लाखुले जनाएको छ । प्रहरीका अनुसार नौ जना यात्रु सवार रहेको जिप दुर्घटनामा चालकसहित सात जना सकुशल रहेका छन् ।
Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।