नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपतालासम्म सडक सञ्जाल जोडिएसँगै भर्खरै नेपाली गाडी (सवारी साधन) पुगेको छ । उत्तर–दक्षिण लोकमार्गअन्तर्गत बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएपछि पहिलो पटक अघिल्लो साताको शुक्रवार टिपतालासम्म नेपाली सवारी साधन पुगेको हो ।
पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित बन्दै गएको छ । बुधवार र बिहीबार यातायात बन्द आह्वान गरेको सो समूहले बन्दलाई निरन्तरता दिँदै शुक्रवारदेखि अनिश्चितकालीन बन्द घोषणा गरेपछि जनजीवन प्रभावित बनेको हो ।
पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको समूहले आह्वान गरेको बन्दका कारण मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा यातायात ठप्प भएको छ । सो समूहले आह्वान गरेको दुई दिने बन्दका कारण बुधवार बिहानैदेखि यातायात सेवा ठप्प भएको हो ।
ताप्लेजुङमा आर्थिक वर्ष सकिनलाई तीन महिना बाँकी रहँदा पुँजीगततर्फको बजेट करिब ४० प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार सङ्घ तथा प्रदेश दुवैतर्फको पुँजीगत बजेट खर्च ४० प्रतिशत हाराहारी मात्र भएको हो ।
ताप्लेजुङका स्थानीय तहले आगामी आर्थिक वर्षमा साढे त्रियानब्बे करोड रुपियाँ बढी अनुदान रकम पाउने भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आव २०८१-८२ का लागि नेपाल सरकारबाट स्थानीय तहलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान रकमको विवरण सार्वजनिक गरेको हो ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको दोस्रो उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको उपाधि मेरिङ्देन गाउँपालिकाले जितेको छ । सोमबार सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक फुङ्लिङ नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै मेरिङ्देनले उपाधि जितेको हो ।
ताप्लेजुङमा शेर्पा समुदायका संस्थाहरूले नेपाल पञ्चाङ्ग निर्णायक समितिले तयार परेको पात्रोमा चाडपर्वको तिथि मितिमा गडबड भएकोभन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले शिक्षकको तलब भत्ता मासिक रुपमै भुक्तानी गर्न सुरु गरेको छ । गाउँपालिकाले माघ महिनादेखि पालिकाभित्र कार्यरत सामुदायिक विद्यालयका शिक्षकहरूको तबल भत्ता मासिक रूपमा भुक्तानी गर्न थालेको हो ।
ताप्लेजुङमा श्रीमानको कुटपिटबाट एक महिला घाइते हुनुभएको छ । जिल्लाको मैवाखोला गाउँपालिका–६ फाकुम्बाका दिलबहादुर बस्नेतको कुटपिटबाट २६ वर्षीया मनमाया शेर्पा (बस्नेत) घाइते हुनुभएको हो ।
ताप्लेजुङमा पाँच दिनदेखि बेपत्ता एक वृद्ध मृत फेला परेका छन् । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका वृद्ध ७१ वर्षीय रामबहादुर महताराको पाँच दिनपछि मृत शव फेला परेको हो ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सङ्कलन भएको सुन शुद्धीकरणपछि एक सय ७८ तोला बढी कायम भएको छ । पाथीभरामा सङ्कलित सुन शुद्धीकरण (रिफाइन) पछि उक्त परिमाणमा शुद्ध अर्थात् एक नम्बरी सुन कायम भएको हो ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा राखिएका साइनबोर्ड र ब्यानर हटाउनुपर्ने भएको छ । अव्यवस्थित रूपमा राखिएका साइनबोर्ड र ब्यानर अर्थात् संकेत पाटी वा प्रचार सामग्रीले संरक्षित वनस्पति तथा प्राकृतिक सौन्दर्ययतामा असर पुगेकाले त्यस्ता सामग्री हटाउन पाथीभरा क्षेत्र विकास समितिले आग्रह गरेको हो ।
चिसो बढेपछि हिमाली जिल्ला ताप्लेजुङमा विद्यार्थीहरू घाम ताप्दै चौरमा बसेर पढ्न थालेका छन् । अत्यधिक चिसो बढेपछि विद्यालयको खुला चौरमा घाम तापेर विद्यार्थीहरू अध्ययन गर्न थालेका हुन् ।
प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा यातायात सेवा ठप्प भएको छ । ताप्लेजुङसहित पाँचथर, इलाम र झापा जिल्लामा रहेको मेची राजमार्गमा बुधवार बिहानैदेखि यातायात ठप्प भएको हो ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ५४ वर्षीय बुद्धिमान परियारको भीरमा लडेर मृत्यु भएको हो ।