• २५ पुस २०८१, बिहिबार

फोनिज ताप्लेजुङ अध्यक्षमा फेम्बो

blog

फोनिज ताप्लेजुङको नयाँ कार्यसमिति । तस्बिर ः चन्द्र पन्दाक

ताप्लेजुङ, पुस २५ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ताप्लेजुङको अध्यक्षमा दिलकुमार फेम्बो लिम्बू चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा बुधवार सम्पन्न फोनिजको छैटौँ जिल्ला अधिवेशनले फेम्बो अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमिति उपाध्यक्षमा उदय खुदाङ, सचिव मनमाया माबो लिम्बू (मनु), सहसचिव रञ्जना गुरुङ र कोषाध्यक्षमा शङ्कर शेर्पा चयन हुनुभएको छ । सदस्यहरूमा वसन्त लाबुङ लिम्बू, दाखण्डु शेर्पा, तुलसी राई र फुर्वा शेर्पा चयन हुनुभएको छ । 

यस्तै सङ्घीय प्रतिनिधिमा दिनेश लिङ्खिम, माला पालुङ्वा र तेन्जिङ शेर्पा चयन हुनुभएको छ । अधिवेशनले प्रादेशिक प्रतिनिधिमा कृष्ण फुरुम्बो लिम्बू, सूर्यप्रसाद लिम्बू (आलोक), गङ्गा लिङ्खिम, साहारा लङ्वा र सूर्य गुरुङलाई चयन गरेको छ । जिल्ला अधिवेशन फोनिजका सङ्घीय लेखा समिति संयोजक चन्द्र पन्दाक (प्रयास) को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

अधिवेशन उद्घाटन कार्यक्रममा फोनिजका पूर्व केन्द्रीय सदस्य माला पालुङ्वा, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा अध्यक्ष सुवास आचार्य, पूर्व अध्यक्ष अध्यक्ष खगेन्द्र अधिकारीको उपस्थिति थियो । त्यस्तै नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालका प्रतिनिधिसमेतको उपस्थिति थियो ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।