ताप्लेजुङ, पुस ९ गते । ताप्लेजुङमा बालिकालाई करणी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार १४ वर्षीय बालिकालाई करणी गरेको आरोपमा ३८ वर्षीय पुरुष पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार नयाँ मोबाइल खरिद गरी दिएर प्रलोभनमा पारी ती पुरुषले बालिकालाई करणी गरेको आरोप छ । बालिकालाई पटक–पटक करणी गरेको जाहेरीको आधारमा पुरुषलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती पुरुषले पुस २ गते र ४ गते रातको समयमा बालिकामाथि जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।