प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा यातायात सेवा ठप्प भएको छ । ताप्लेजुङसहित पाँचथर, इलाम र झापा जिल्लामा रहेको मेची राजमार्गमा बुधवार बिहानैदेखि यातायात ठप्प भएको हो ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ५४ वर्षीय बुद्धिमान परियारको भीरमा लडेर मृत्यु भएको हो ।
आफ्ना कार्यकर्ता रिहाइ भएपछि पहिचान पक्षधरले मङ्गलवारदेखि सुरु गरेको बन्दसहित आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबिच बुधवार साँझ बसेको छलफलमा दुई पक्षीय सहमति भएपछि आन्दोलन फिर्ता भएको हो ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले चासोक तङ्नाम (न्वागी पर्व) मनाएका छन् । न्वागी पूजा, शुभकामना आदानप्रदानलगायत विभिन्न कार्यक्रम गरी लिम्बू समुदायले चासोक तङ्नाम मनाएका हुन् ।
ताप्लेजुङको सीमावर्ती गाउँ ओलाङ्चुङगोलाका वालुङ समुदायले मनाउने फुटुक पर्व आइतबार सम्पन्न भएको छ । फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा मात्र मनाइने फुटुक पर्व कात्तिक कृष्णपक्ष द्वितीयाको दिन सुरु भएर औँसी तिथि अर्थात् तिहारको लक्ष्मीपूजाको दिन सम्पन्न भएको हो ।
ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङगोलाका बासिन्दाले गोबर सुकाएर दाउराको जोहो गर्न थालेका छन् । चिसो मौसम सुरु भएसँगै ओलाङ्चुङगोलाका बासिन्दाले याक र चौँरीको गोबर सङ्कलन गरेर दाउराको जोहो गर्न थालेका हुन् ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तमोर नदीमा अस्थायी काठे पुल निर्माण गरेको छ । तमोर नदीमा पानीको सतह घट्न थालेपछि यातायात सञ्चालन गर्न गाउँपालिकाले काठको अस्थायी मोटरेवल पुल निर्माण गरेको हो ।
दसैँको अवधिमा साढे पच्चीस हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् । दसैँ अवधि अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा तेह्र जना यात्रु घाइते भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेको भित्री सडकमा मे १ ज २१८६ नम्बरको जिप मङ्गलबार बिहान दुर्घटना हुँदा चालकसहित १३ जना यात्रु घाइते भएका हुन् ।
बुधवार (आज) इलामको रेड हर्ष फुटबल क्लब र सुनसरीको जुट विकास फुटबल एकेडेमीबिच ताप्लेजुङ गोल्ड कपको उपाधि भिडन्त हुने भएको छ । सेमिफाइनल खेलमा विजयी हुँदै फाइनलमा पुगेका उक्त दुई टोलीबिच उपाधि भिडन्त हुने भएको हो ।
जुट विकास फुटबल एकेडेमी सुनसरीको इटहरी ताप्लेजुङ गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताअन्तर्गत सोमबार भएको सेमिफाइनल खेलमा मोरङको पथरी–११ फुटबल क्लबलाई ट्राई बेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै इटहरी फाइनलमा पुगेको हो ।
ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब तीन महिनापछि उडान सुरु भएको छ । मौसममा सुधार आएसँगै नेपाल वासु सेवा निगमले सोमबारदेखि सुकेटारमा उडान सुरु गरेको हो ।
ताप्लेजुङ गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत सोमबार आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदै छ । गत बिहीबारदेखि जारी प्रतियोगिताको क्वार्टर फाइनल चरणका खेलहरू सम्पन्न भएसँगै सेमिफाइनलका खेलहरू हुने भएको हो ।
ताप्लेजुङमा नाइँ सङ्घले सैलुन सेवाको शुल्क अस्वाभाविक वृद्धि गरेको भन्दै विद्यार्थीले विरोध गरेका छन् । सैलुन सेवाको शुल्क अस्वाभाविक अर्थात् एकै पटक ५० प्रतिशतले वृद्धि गरिएको भन्दै विद्यार्थीहरूले विरोध गरेका हुन् ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको भेटी रकम सात करोड अठासी लाख रुपियाँ बढी मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिकाअनुसार हालसम्म सङ्कलन भएको भेटीमध्ये उक्त रकम बराबर मौज्दात रहेको हो ।