ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले बजार अनुगमनसँगै व्यापारीलाई अभिमुखीकरण गराएको छ । फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमस्थित सिँवा बजारको अनुगमन गर्दै गाउँपालिकाले स्थानीय व्यापारीलाई अभिमुखीकरण गराएको हो ।
ताप्लेजुङको एक सामुदायिक विद्यालयले चाप धान्न (थेग्न) नसक्ने भएपछि विद्यार्थी भर्ना बन्द गरेको छ । सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयले अत्यधिक चाप बढेपछि विद्यार्थी भर्ना बन्द गरेको हो ।
ताप्लेजुङमा बुधवार राति परेको चट्याङले लागेर नाबालक छोराको मृत्यु भएको छ भने बाबुआमा घाइते भएका छन् ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रत्येक महिना ज्येष्ठ तथा अपाङ्ग नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएको छ । गाउँपालिकाले घर–घरमा पुगेर अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएको हो ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गको सडक क्षेत्रभित्रको संरचना हटाउन अन्तिम म्याद दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै सडक क्षेत्राधिकारभित्र पर्ने घर–टहरा लगायतका संरचना हटाउनलाई सात दिनको अन्तिम पटक म्याद दिएको हो ।
हिमाली जिल्ला ताप्लेजुङमा किशोर अवस्थाका मानिस धेरै रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार ताप्लेजुङमा किशोर अवस्था अर्थात् १५ देखि १९ वर्ष उमेर समूहका मानिस सबैभन्दा बढी रहेको पाइएको हो ।
ताप्लेजुङमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । आइतबार साँझपछि वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।
विभिन्न घटनाका दोषी तथा आरोपीलाई पक्राउ गर्ने कार्यमा ताप्लेजुङ प्रहरीले उल्लेख्य सफलता हासिल गरेको छ । चालू आर्थिक वर्षको पुसको पहिलो साता सम्ममा दोषी तथा आरोपीमध्ये करिब ९३ प्रतिशतलाई प्रहरीले पक्राउ गरेको हो ।
ताप्लेजुङमा मोतिया विन्दुका रोगी उल्लेख्य पाइएको छ । सदरमुकाम फुङ्लिङमा मङ्गलबारदेखि सुरु भएको तीन दिने नि:शुल्क आँखा शिविरमा मोतिया विन्दुका रोगी (बिरामी) उल्लेख्य आएका छन् ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गे साँघुका किसानलाई उन्नत जातको गाई वितरण गरिएको छ । दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले ढुङ्गे साँघुका किसानलाई होलस्टेन र जर्सी जातको गाई वितरण गरिएको हो ।
फुङ्लिङ नगरपालिकाले ज्येष्ठ नागरिक अक्षयकोष स्थापना गर्ने भएको छ । एक सय वर्ष माथिका ज्येष्ठ नागरिकको उपकार तथा हितका लागि नगरपालिकाले उक्त अक्षयकोष स्थापना गर्ने भएको हो ।
ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले सुरुदेखि नै आफ्नो अग्रतालाई कायम राख्नुभएको छ ।
ताप्लेजुङको दुर्गम र हिमाली क्षेत्रका सात जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । हाल उच्च शिक्षा अध्ययनरत दुर्गम क्षेत्रका जेहेन्दार विद्यार्थीलाई जर्ज बैन्ड मेमोरियल छात्रवृत्ति प्रदान गरिएको हो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले घरघरमा पुगेर अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको छ । गाउँपालिकाले ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ तथा ‘क’ र ‘ख’ वर्गका अपाङ्ग नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो ।
ताप्लेजुङका किसान कोदो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कोदोबाट फाइदा नहुने भन्दै खेती गर्न छोडिँदै गएकोमा पछिल्लो समय यसको खेतीतर्फ किसान आकर्षित हुँदै गएका हुन् ।