• १२ असार २०८१, बुधबार

अरिङ्गाल झार्ने क्रममा एक युवकको मृत्यु

blog

ताप्लेजुङ, भदौ १३ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा अरिङ्गाल झार्ने क्रममा रुखबाट झरेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका २८ वर्षीय खेमराज बर्देवा रहेका छन् ।

प्रहरीका अनुसार आइतबार साँझ घर नजिककै जङ्गलमा अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर बर्देवाको मृत्यु भएको हो । अरिङ्गालले टोक्न थालेपछि अत्तालिएर रुखबाट झर्दा ढुङ्गे ढाँडमा बजारिँदा बर्देवा गम्भीर घाइते भएका र उहाँको केही समयमै मृत्यु भएको स्थानीयले बताएका छन् । 

यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो । 


Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।