• १२ असोज २०८२, आइतबार

‘दसैँ नआए हुन्थ्यो, आउँछ’

blog

काठमाडौँ, असोज १२ गते  । कुलेश्वर मन्दिरछेउमा तरकारी बिक्री गर्ने बिनु थापालाई दसैँ आउँदा निराशा थपेको छ । बिहानबेलुकी तरकारी बेचेर हुने कमाइले आफू र दुई साना छोराछोरीको खाना, स्वास्थ्य उपचार, शिक्षा, कोठाभाडालगायतका खर्च पु-याउनै सकस छ । त्यसमाथि आजकल व्यापार पनि छैन, महँगी निरन्तर बढेको बढ्यै छ । 

थापाका छोराछोरीले नयाँ कपडा र मासुु खाने भन्न थालिसकेका छन् तर सन्तानका यी सानातिना आधारभूत आकाङ्क्षा पनि ‘असीमित’ मान्नु परेको छ । “थोरै कमाइले छोराछोरीको माग कसरी पूरा गर्नुु र खै !” उहाँले भन्नुभयो । थापाको यो भोगाइले न्यून आय भएका आमनागरिकको अहिलेको जटिल अवस्था देखाउँछ । पछिल्लो पटक निरन्तर बढिरहेको महँगीले न्यून आय भएका व्यक्तिको जीवनयापन कठिन बनाएको छ । थापाले थप्नुभयो, “हामी जस्ता कमाइ नहुुनेलाई त दसैँ नआए हुन्थ्यो नि तर आउँछ, अनि गाह्रो पार्छ ।”

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार तीन वर्षयता अति आवश्यकीय वस्तुको मूल्य दोब्बरभन्दा बढेको छ । नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन अनुसार बजार मूल्य औसतमा ४.०६ प्रतिशत बढेको छ । चालु आव २०८२/८३ मा मूल्यवृद्धि पाँच प्रतिशतमा सीमित गर्ने भनिएको छ तर दैनिक उपभोग्य बजारले यो अङ्कको खिल्ली उडाउँछ । 

घिउ र तेलको मूल्यवृद्धि १०.९४ प्रतिशत छ ।  पछिल्लो महिना मात्रै तरकारी र फलफूलको मूल्य व्यापारीले ११५ प्रतिशतसम्म बढाए । राज्यले यस्तो वृद्धि रोक्नै सकेन, खोजेन । अहिले दसैँको मुुखमा चिनी, चामल, खानेतेल, चिउरा, आँटा, गेडागुुडीलगायतका उपभोग्य वस्तुको भाउ महँगिएको छ । पछिल्लो एक वर्षको बिचमा दैनिक उपभोग्य वस्तुमा २० प्रतिशतसम्मले मूल्यवृद्धि भएको छ । 

नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार गत वर्षभन्दा अहिले मुुसुरो दाल प्रतिकेजी १३० रुपियाँबाट ३५ रुपियाँ बढेर १६५ रुपियाँ पुगेको छ भने रहर दाल प्रतिकेजी २३५ रुपियाँबाट २५ रुपियाँ बढेर २६० रुपियाँ पुुगेको छ ।

 त्यस्तै चिनी प्रतिकेजी ९५ रुपियाँबाट बढेर ११५ रुपियाँ पुगेको छ । महँगीको कारण खासै भेटिँदैन तर निम्नवर्गीयमाथि बलियो प्रहार भेटिन्छ । 

महँगीको मारमा व्यापारी पनि महँगीको मारमा उपभोक्ता त परेका छन् नै, व्यापारी झनै मारमा परेको बताउँछन् । बजारभाउ महँगिँदा उपभोक्ताको किनमेल नै पातलिएपछि आफू नै विस्थापित हुुने अवस्था आएको व्यापारीहरू बताउँछन् । दैनिक अत्यावश्यक खाद्यान्न तथा तरकारीको समेत व्यापार खुम्चिएको व्यापारीको अनुुभव छ । नेपाल खुद्रा व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष नरेश खड्गीले पछिल्लो समय करिब ४० प्रतिशतले व्यापार घटेको अनुुभव सुुनाउनुुभयो ।

सधैँ चाडपर्वमा भ्याइनभ्याइ हुुने उहाँको पसलमा अहिले कतिबेला ग्राहक आउँछन् भनेर कुुरेर बस्नुुपर्ने अवस्था आएको छ । खानेकुरा मात्रै होइन, दसँैमा बढी माग हुने लत्ताकपडाका पसले पनि त्यत्तिकै निराश छन् । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले सरकारको फितलो अनुगमनको फाइदा उठाउँदै व्यापारीले दसैँको मुखमा अत्यावश्यकीय खानेतेल, चिनी, गेडागुडी, चामललगायतका वस्तुुको मूल्य बढाएको बताउनुुभयो । माग र आपूर्तिको तालमेल नमिल्दा पनि अस्वाभाविक मूल्यवृद्धि हुने गरेको उहाँको भनाइ छ । बजार अनुगमनको जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीले विभाग नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले दसैँमा बढी माग हुने वस्तु र बढी बिव्रmी हुने स्थानलाई प्राथमिकतामा राखेर अनुगमन भएको दाबी गर्नुभयो । बजारमा खाद्यवस्तु पर्याप्त भएकाले अहिले महँगो गर्नुपर्ने कारण नभएको उहाँको भनाइ छ ।