गोरखापत्र प्रकाशनको ग्राहक योजनाको इतिहास हेर्दा त्यति सुखद देखिँदैन ।
सरकारले साउदी अरबमा कार्यरत नेपालीको २४ घन्टे बिमा हुने गरी श्रम समझदारीको तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र साउदी अरब सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयबिच श्रम समझदारीपत्रमा छिट्टै हस्ताक्षर हुने जनाइएको छ ।
वैदेशिक रोजगारीका लागि विदेश जाने महिला बर्सेनि बढेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आव २०७७/७८ देखि वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बढ्दै गएको हो । विभागका अनुसार आव २०८०/८१ मा ८० हजार १७२ र आव २०८१/८२ मा ९४ हजार ४५५ महिलाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेश गएका छन् ।
पछिल्लो छ महिनामा खानेतेलको भाउ प्रतिलिटर ४० रुपियाँसम्म वृद्धि भएको छ । नेपालमा उत्पादित तेल भारतमा निर्यात हुने क्रम बढेसँगै नेपालीमा बजारमा खानेतेलको भाउ बढेको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो छ महिनामा खानेतेलको भाउ प्रतिलिटर २५ देखि ४० रुपियाँसम्म बढेको छ । गत फागुनमा प्रतिलिटर ३७० रुपियाँमा बिक्री भएको भुटेको तोरीको तेलको मूल्य अहिले प्रतिलिटर ४१० रुपियाँ पुगेको छ ।
आयातनिर्यात गरिएका वस्तुको गुणस्तर प्रमाणीकरणको दायरा फराकिलो बनाइएका कारण प्रतिकूल खाद्यवस्तु आपूर्ति घटेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न भन्सारविन्दुबाट आयात गरिएका र ती ठाउँबाट निर्यात गर्न लागिएका खाद्यवस्तुको नमुना परीक्षण गराउँदा प्रतिकूल हुने सङ्ख्या जनाएको छ । विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ५२ हजार ९९२ खाद्यवस्तुका नमुना परीक्षण गर्दा ४१ वटा प्रतिकूल पाइए । त्यस्तै आव २०८०/८१ मा ४६ हजार ९४८ नमुना परीक्षण गर्दा ४५ वटा, आव २०७९/८० मा ४१ हजार ४५५ नमुना परीक्षणमा ५८ र आव २०७८/७९ मा ५१ हजार ७६७ वटा नमुनाको परीक्षण गर्दा ४० वटा प्रतिकूल देखिएका थिए ।
वैदेशिक रोजगारीमा कुवेतमा कार्यरत ११ जना नेपाली श्रमिकको विषाक्त मदिरा प्रयोगका कारण मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार विषाक्त मदिराको प्रयोग गरेर कुवेतका विभिन्न अस्पतालमा भर्ना भएका ४० जना नेपाली श्रमिकमध्ये ११ जनाको मृत्यु भइसकेको पुष्टि त्यहाँको अस्पतालले गरेको हो ।
चाडपर्व नजिकिएसँगै उपत्यकाका बजारमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । पछिल्लो एक महिनामा हरियो तरकारीको भाउ ४३७ प्रतिशतसम्म बढेको हो । पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ भने खुद्रा त झन् छोइसक्नु छैन ।
यही साउन २३ गते चितवनमा सञ्चालित ४५ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्था बन्द गर्न स्थानीय प्रशासनले निर्देशन दियो ।
कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपिएस) सञ्चालनमा आएको १७ वर्षमा एक लाख २० हजार नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया पुगेका छन् । नेपाल र कोरिया सरकारबिच इपिएसमार्फत नेपाली श्रमिक लैजाने सम्झौता अनुसार सन् २००८ देखि हालसम्म एक लाख १९ हजार ७६८ जना नेपाली युवा दक्षिण कोरिया पुगेका हुन् ।
हामीले नियमित प्रयोग गरिरहेका अनेक खाद्यवस्तुदेखि पिउने पानी पनि स्वास्थ्य प्रतिकूल रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदनले १७३ खाद्यवस्तु प्रतिकूल रहेको उल्लेख गरेको हो । यो तथ्याङ्क गत आर्थिक वर्ष २०८१/८२ को विश्लेषणमा आधारित छ ।
काठमाडौँ टेकुको एक गार्मेन्ट उद्योगमा कार्यरत ललिता थापालाई महिनाभरको कमाइले दुई छोरासहित आफ्नो खर्च धान्न सकस हुन्छ । कीर्तिपुर नगाउँमा कोठा भाडामा लिएर बस्दै आएकी ललिताका श्रीमान्को २०७८ मा कोरोनाका कारण मृत्यु भएपछि छोरा हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी उहाँकै काँधमा छ ।
वैदेशिक रोजगारीमा कतार जानुभएका नुवाकोटका ३४ वर्षीय निश्चल तामाङ सुतेकै अवस्थामा मृत्यु भयो । दिनभर काम गरेर राति खाना खाएर सन्चै सुतेका निश्चल त्यसपछि नबिझिएको उहाँका साथीले परिवारलाई जानकारी गराउनुभयो ।
वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या घटेको छ । पछिल्ला चार वर्षको तथ्याङ्कका आधारमा त्यस्ता श्रमिकको सङ्ख्या सुरुको तुलनामा भने बढेको देखिन्छ ।
वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १२ हजार ७९० उजुरी दर्ता भएका छन् । गत आव २०८०/८१ मा सात हजार ७६३ वटा उजुरी दर्ता भएका थिए । जुन सङ्ख्या गत आवको तुलनामा पाँच हजार २७ वटा अर्थात् करिब ४० प्रतिशतले बढी हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८१/८२ मा बजार अनुगमन गरेकामध्ये ९५ प्रतिशत व्यावसायिक फर्ममा कुनै न कुनै कैफियत भेटिएको छ ।