नवराज नेपाली
बागलुङ (गलकोट) फागुन ३० गते । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौ वटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोर किशोरीलाई खोप लगाइएको छ ।
लागि आवश्यक खोप र जनशक्ती दादुरा प्रभावित क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा पुगेर शुक्रबार खोप लगाइएको हो ।
ढोरपाटनको विकट गाउँमा महामारीको रुपमा फैलिएको दादुरा प्रकोप नियन्त्रणका लागि ढोरपाटन नगरपालिका भरका ६ हजार ७६३ बालबालिका र किशोर किशोरीलाई खोप लगाउने लक्ष्यअनुसार पहिलो दिननै चार हजार ६१७ जनालाई खोप लगाइएको छ । छुटेका बालबालिका र किशोर किशोरीलाई पुनः विद्यालय र विद्यालय नजानेलाई घरमा र स्वास्थ्य संस्थामा पुगेर खोपलगाइने छ ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ को बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँमा दादुरा रोगका शङ्कास्पद ७४ जना बिरामी फेला परेका थिए । जसमध्ये ३२ जना भर्ना भएर उपचार भइसकेको छ । सात जना बालबालिका अझै उपचाररत रहेका छन् ।