• २३ असार २०८१, आइतबार

कथा उमेरको (कविता)

blog

कणाद महर्षि

 

सदाबहार मौसम थियोे

अन्योलका छिद्रताहरू

बेढङ्गका खटप्वालहरू

बेछाँटका अड्चनहरू

कतै केही थिएनन् विघ्न बाधाहरू

०००

यथास्थानमा छरिएको, रोपिएको थियोे

बाली बिज–बिजन !

उम्रिएका, सप्रिएका पनि थिए –

झाङ्गिएर फैलिएका पनि हुन् उब्जनीहरू !!

०००

ऋतुहरू थुप्रैपल्ट अदलबदल भए

अहिले हेर्दा

छैनन् करेसाबारीमा टुसाउन बाँकी केही 

०००

आँगनमा चाउरिएको

समयको बिस्कुन मात्र

लमतन्न लम्पसारिएको छ ।