• १८ असार २०८१, मङ्गलबार

ओलम्पिक दिवसमा स्क्वास

blog

काठमाडौं, जेठ ३१ गते । नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा ओलम्पिक डे स्क्वास प्रतियोगिता हुने भएको छ । सो प्रतियोगिता बुधबारदेखि सुरु भएर शनिबार सम्पन्न हुनेछ ।

प्रतियोगतामा पुरुष ओपन, महिला ओपन, यु–१९ ब्वाइज, ५० वर्ष माथि उमेर समूहको भेट्रान ओपन र प्लेट च्याम्पियन्सीप इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालका सबै शीर्ष स्क्वास खेलाडीसहित कूल ६० जनाको सहभागिता रहनेछ ।

नेपाल स्क्वास संघका सदस्य राजेन्द्र शाक्यका अनुसार यो स्क्वास प्रतियोगिता नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको वार्षिक क्यालेन्डरमा रहेको हुँदा हरेक वर्ष आयोजना हुने गर्दछ ।