• १३ साउन २०८१, आइतबार

'बाबरी'को टिजर सार्वजनिक

blog

काठमाडौं, जेठ १५ गते । नेपाली फिल्म 'बाबरी'को टिजर सार्वजनिक गरिएको छ । अदिति बुढाथोकी र धीरज मगरको मुख्य भुमिका रहेको फिल्मको टिजरमा धीरज र अदितिको प्रेम देखाउन खोजिएको हो ।

फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको हो भने अदिति र धिरजसँगै बादल भट्ट, कमणमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङलगायत कलाकारको अभिनय छ।

बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुनुहुन्छ ।

यस्तै, फिल्ममा कालीप्रसाद बास्कोटा, सुजन चापागाईँ र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी र नरेन्द्र मैनालीको छायांकन रहेको छ ।