• १३ साउन २०८१, आइतबार

कान्समा 'लोरी'लाई स्पेशल मेन्सन अवार्ड

blog

काठमाडौं, जेठ १५ गते । अविनाशविक्रम शाहले निर्देशन गर्नुभएको लघु फिल्म 'लोरी'ले चर्चित फिल्म फेस्टिभल कान्समा स्पेशल मेन्सन अवार्ड जितेको छ । 

१४ मिनेट लामो फिल्ममा बाल विवाहको विषयमा समेटिएको छ । यसअघि अविनाशकै फिल्म 'एलिफेन्ट इन दि फग' कान्सको मेन्टरसिप कार्यक्रमतर्फ छनोटमा परेको थियो । 

कान्सको ७५ औं संस्करणमा नेपालको प्रतिनिधि गरेको यस फिल्म पहिलो पटक कान्समा अर्वाड जित्न सफल भएको हो। 

अभिनेत्री सुरक्षा पन्तले सामाजिक सञ्जालमा लेख्नुभएको छ, 'बधाई छ अविनाशविक्रम शाह अनि लोरी टिम । पहिलो पटक कान्समा प्रदर्शन आएको फिल्मले स्पेशल मेन्सन अवार्ड जितेको छ ।'