• १३ साउन २०८१, आइतबार

लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु

blog

काठमाडौं, जेठ १५ गते । लोक गायन रियालिटी शो नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु भएको छ । सबै प्रतिभालाई पहुँच दिने उद्देश्यले लोकस्टारमा यसपटक डिजिटल अडिसन सुरुवात गरिएको हो ।

अडिसनको लागि आफ्नो मोबाइलमा गीतको भिडियो रेकर्ड गरेर हिमालय टीभीको एपमा अपलोड गरी अडिसनमा सहभागी हुन सकिने छ । यस्तै, एप चलाउन नसक्ने प्रतिभाहरुले आफ्नो भिडियो सिधै लोकस्टारको मोबाइल नम्बर ९८०१२३७८८० मा भाइबर वा ह्वाट्सएपमार्फत पठाउन पनि सकिने जनाइएको छ ।

आफूलाई मन परेको कुनै पनि गीतको एक मिनेटसम्मको भिडियो रेकर्ड गरी अडिसनमा सहभागी हुन सकिनेछ । अडिसनमध्येबाट छानिएका एक सय जनालाई मेगा अडिसनमा सहभागी बनाइने छ । लोकस्टारमा ८ वर्षदेखि ७० वर्षसम्मका प्रतिभाहरुले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

विजेताले २० लाख रुपैयाँ नगद पुरस्कारसहित देश तथा विदेशका कन्सर्ट र चर्चित संगीतकार तथा एरेन्जरसँग गीत रेकर्डको अवसरसमेत पाउनेछन्  ।